पाँचबुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले बैठक (सूचीसहित)

काठमाडौँ, १९ असार । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो । केन्द्रीय कमिटीको १३औँ बैठक शुक्रबार (हिजो) सुरु भएर आज सम्पन्न भएको छ । बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले संगठनात्मक योजनाहरु राखेका थिए । महासचिवले राखेका प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

यी हुन् निर्णय

१. यही असार मसान्तभित्र पार्टीको सदस्यता नवीकरण गरिसक्नुपर्ने र आउँदो साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने, व्यवस्थित गरिसक्नुपर्ने ।
२. आउँदो साउन २५ देखि २७ गतेसम्म काठमाडौँमा हुने विधान अधिवेशनका लागि पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा व्यवस्थापन समिति गठन ।
३. पार्टीका तत्लो तहका कमिटीहरुको अधिवेशनअन्तर्गत आउँदो भदौ ५ गते वडास्तरका र भदौ १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने ।
४. पार्टीका केन्द्रीय तहका ३२ वटा विभागहरुमा रहने सदस्यहरुको नाम सिफारिस गर्न आग्रह । स्थायी कमिटीको आउँदो बैठकले विभागमा रहने सदस्यहरुको नामावलीलाई अन्तिम रुपमा निर्णय गर्ने ।
५. आम निर्वाचन, स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै कमिटी, नेता, सदस्यहरुलाई अनुरोध ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021