एमाले केन्द्रीय कमिटीको बैठकमा नेता बस्नेतको ८ बुँँदे प्रस्ताव

काठमाडौँ, १९ असार । नेकपा एमालेको केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले आजको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश गरेका छन् ।

नेता बस्नेतले ८ बुँदे प्रस्ताव पेश गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने समेत उल्लेख गरेका छन ।

एमालेको जारि १३ औ बैठकमा नेता बस्नेतको प्रस्ताव :

१. संघियताको बारेमा समिक्षा गरौं ।

२. मुलुकको विशिष्ट पहिचान घोषणा गरौं ।

३. धर्म निरपक्षताको बारेमा बहस गरौं ।

४. शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाउ ।

५. दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यवस्था कायम गरौं ।

६. पार्टी अध्यक्ष २ कार्यकाल पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने ब्यवस्था गरौं ।

७. पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत शुनिश्चित गरौ ।

८. पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र बिधान अनि चुनावको घोषणा पत्रमा यो बिषय सम्बोधन गर्न यो बैठकबाट कार्यदल बनाएर जाउ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक