सामाजिक सुरक्षा कोषको विरोधमा एनआईसी बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ, १९ असार । सरकारले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई असार मसान्तभित्रै सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पत्र काटेसँगै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

सरकारले विभेदकारी योजनामा जान बाध्य बनाएको भन्दै एनआईसी एशिया बैंकमा कार्यरत कर्मचारीले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न १४ बुँदे माग राखेर शुक्रबार उनीहरुले कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाविरुद्ध आफूहरुले विभिन्न माग अघि सारेको र उक्त माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम जारी रहने प्रदर्शनमा सहभागी कर्मचारीहरुको बताए । कोषले बैंकका कर्मचारीहरुलाई पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनेपछि विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले गएको मंगलबारदेखि नै आन्दोलन गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विगतदेखि नै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि असहमति जनाउँदै आएका थिए । तर, कोषले यसलाई बाध्यकारी बनाएपछि आन्दोलनमै उत्रिनुपरेको उनीहरुको दाबी छ । बैंकरहरुले असहमतिका बुँदाहरु नेपाल राष्ट्र बैंक र कोषलाई समेत बुझाइसकेको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

मोरङ, १३ मंसिर । मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । प्रहरीका अनुसार ५५ वर्षीया आमा

रौतहट, १३ मंसिर । रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका

काठमाडौँ, १३ मंसिर । देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021