विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन

वाशिङ्टन, १९ असार । कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभब गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र बिश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’ मा प्रकाशित रिपोर्टमा उल्लेख छ । “स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव गरेको सबैभन्दा असामान्य मृत्यु र मृत्युको क्षति र शोक प्रतिक्रियाहरू पहिचान गर्नका लागि यस अध्ययनको उद्देश्य रहेको सेन्ट जुड चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्चका सामाजिक  कार्यका निर्देशक लेखक एरिका एच। सिरिनले बताउनुभयो । 

एरिकाले थप्नुभयो, “हाम्रो अध्ययनका क्रममा परिवारमा कोभिडका कारण मृत्युको अनुभव नगरेका विद्यार्थीले विद्यालयस्तरका विद्यार्थीको तुलनामा अत्यधिक पीडाबोध गरेको प्रतिक्रियाहरू दिएका छन् । विद्यार्थीको पीडा कम गर्न चिकित्सकहरूले कलेज विद्यार्थीहरूलाई आफ्नो आम्दानीबाट आबश्यक सहयोग गर्ने पहल गरेका थिए । क्लिनिकल सामाजिक कार्यकर्ता र शोक विशेषज्ञ सिरिनले फ्लोरिडाको लेकल्याण्डको साउथ ईस्टर्न विश्वविद्यालयमा कलेज अफ बिहेभैरल एण्ड सोशल साइंसेजको डीनको रूपमा सेवा गर्ने क्रममा यस अनुसन्धानको नेतृत्व गरे। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित