विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन

वाशिङ्टन, १९ असार । कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभब गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र बिश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’ मा प्रकाशित रिपोर्टमा उल्लेख छ । “स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव गरेको सबैभन्दा असामान्य मृत्यु र मृत्युको क्षति र शोक प्रतिक्रियाहरू पहिचान गर्नका लागि यस अध्ययनको उद्देश्य रहेको सेन्ट जुड चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्चका सामाजिक  कार्यका निर्देशक लेखक एरिका एच। सिरिनले बताउनुभयो । 

एरिकाले थप्नुभयो, “हाम्रो अध्ययनका क्रममा परिवारमा कोभिडका कारण मृत्युको अनुभव नगरेका विद्यार्थीले विद्यालयस्तरका विद्यार्थीको तुलनामा अत्यधिक पीडाबोध गरेको प्रतिक्रियाहरू दिएका छन् । विद्यार्थीको पीडा कम गर्न चिकित्सकहरूले कलेज विद्यार्थीहरूलाई आफ्नो आम्दानीबाट आबश्यक सहयोग गर्ने पहल गरेका थिए । क्लिनिकल सामाजिक कार्यकर्ता र शोक विशेषज्ञ सिरिनले फ्लोरिडाको लेकल्याण्डको साउथ ईस्टर्न विश्वविद्यालयमा कलेज अफ बिहेभैरल एण्ड सोशल साइंसेजको डीनको रूपमा सेवा गर्ने क्रममा यस अनुसन्धानको नेतृत्व गरे। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।