एमालेलाई सक्काउँछौं भन्नेहरु अहिले आफै सक्किने भयौं भन्दै काम्न थालेः नेता बस्नेत

काठमाडौँ, १८ असार । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विगतमा एमालेलाई समाप्त पार्छौ भन्दै हिड्नेहरु वर्तमान समयमा आएर आफै समाप्त हुने भयौं भन्दै काम्न थालेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा ललितपुर जिल्ला कमिटीको व्यवस्थापनमा आज ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ स्थित कोटडाँडामा आयोजित देशव्यापी वृहत वृक्षारोपण कार्यक्रम २०७८ को शुभारम्भ कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुलाई लक्षित गर्दै उक्त कुरा बताउनुभएको हो । आजको एमालेको केन्द्रीय कमिटीको बैठकले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन जस्तोसुकै लचकता अपनाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तयार रहनुभएको उक्त कुरा बताउनुभएको हो । एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको सरकारलाई चारैतीरबाट घेरावन्दी गरी षड्यन्त्रपूर्वक ढंगले असफल बनाउन प्रयास भइरहेको उल्लेख गर्दै नेता बस्नेतले त्यस्तै षड्यन्त्रकारी, अराजक, व्यक्तिवादी स्वार्थी योजना सफल हुन नदिने उद्घोष गर्नुभयो ।

वाम्पन्थी र प्रगतिशिल सरकारलाई अपदस्त गरी दक्षिणपन्थीको सरकार बनाउन खोज्ने केही अराजक तत्वहरुको गठबन्धन भरी एमाले तथा एमालेको नेतृत्वमा रहेको सरकारलाई घेरावन्दी गर्ने कार्य भएको भन्दै उहाँले आक्रोस जनाउनुभयो । पार्टी तथा सरकारको विरुद्धमा भएका षड्यन्त्रहरुलाई तोड्न युवा संघले विशेष भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा दुई तिहाइका साथ एमालेलाई विजयी गराउने गरी अहिलेदेखी नै लाग्न संघलाई निर्देशन समेत दिनुभयो ।

पार्टी भित्र विगतमा जानेर वा नजानेर भएका असंख्य कमिकमजोरीलाई सच्याउँदै आवश्यकता र क्षमता अनुसारको भूमिका दिन तयार रहेको पार्टीले घोषणा गरिसकेको अवस्थामा पनि अराजक तथा दक्षिणपन्थीसँगको सहकार्य तोड्न नचाहेमा आगामी दिनमा पार्टी चुप लागेर नवस्ने समेत स्मरण गराउनुभयो । माधवकुमार नेपाल समूहले एमालेको आधिकारिकता नत्यागी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने कार्य विश्वमा कही पनि नहुने अराजकता रहेको उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले आजको बैठकले दुई दिनभित्र शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका नेताले आफ्नो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको जानकारी गराउनुभयो । दुई दिनभित्र फिर्ता नलिने भएमा पार्टीले वारपारको निर्णय गर्नेसमेत उहाँले बताउनुभयो ।

पर्यावरणको विकास र व्यवस्थापनलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले भइरहेको बनजंगललाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘शहर, पार्क, सडकलगायतका क्षेत्रको दायाँबायाँ हरियाली, उज्यालो बनाउनुपर्छ । विकास प्रति मानिसको चेतनाको विकास तिव्र गतिमा अगाडी बढेको उल्लेख गर्दै अबका दिनमा जनताले सडक, ढल, पुललगायतका कुराहरुको मात्र नभई स्वास्थ्यका दृष्टिकोणले अतिआवश्यक वातावरण स्वच्छता, प्रदुषणमुक्त, हरियाली, पार्क, उज्यालो शहरलगायतका कुराहरु निर्माण गर्नुपर्छ । जसको नेतृत्व युवा संघले गर्नुपर्छ ।’

कार्यक्रममा नेता बस्नेतले वृक्षारोपण कार्यले दैनिक जीविकोपार्जन, वातावरण सन्तुलन लगायत खाद्यान्न आपूर्तिको समेत आवश्यकता पुरा गर्दै आएकाले संघ सो कार्यमा अघि बढेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “यस कार्यले शहर अनि समाजलाई सौन्दर्य बनाउनाका साथै हरियालीकरण गरी प्राकृतिक संरक्षणमा जोड दिनेछ ।” मुलुकभर रहेका वन उपभोक्ता समितीहरुसँग आफूहरुले सहकार्य गरी ती फलफूल तथा औषधीजन्य जडीबुटीको संरक्षण गरी उज्यालो शहर बनाउने उहाँले दाबी गर्नुभयो ।

सो वृक्षारोपणको काम काठमाडौँ उपत्यकाको साँगादेखि गोदावरीसम्मका खाली तथा प्राकृतिक जोखिम रहेका क्षेत्रमा फुल, कपुर अनि लप्सी लगायतका बिरुवा लगाएर हराभरा बनाउनुपर्नेमा नेता बस्नेतले जोड दिनुभयो । वन तथा जैविक विविधता जोगाउनु असल मानवको दायित्व रहँदा भइपरिआउने प्राकृतिक विपतीलाई न्यूनिकरण गर्न वृक्षारोपण कार्यले सहयोग गर्ने बस्नेतले जिकीर गर्नुभयो । मानव जीवनको अस्तित्व संरक्षण गर्न वनजङ्गलले अहम भूमिका खेल्ने भएकाले यसलाई संरक्षण तगा संवद्र्धन अनि आधुनिकीका साथै वैज्ञानीकिरण गर्दै अघि बढिने भएको नेता बस्नेतले जानकारी गराउनुभयो ।

उक्त अवसरमा आज विशङ्खुको सो मन्दिर परिसरमा एक हजार दुई सय भुगोल सुहाउँदो फलफूल तथा औषधीजन्य जडीबुटी रोपिएको छ । संघले शुक्रबारदेखि गरेको सो कार्यक्रम आउँदो साउन ८ गतेसम्म अर्थात २२ दिन निरन्तर अघि बढ्ने योजना बमोजिम ललितपुरभर कूल पाँच हजार बिरुवा रोपिनाका साथै मुलुकभर कम्तिमा पाँच लाख बिरुवा रोपिने भएको संघले जानकारी गराइएको छ । त्यस्तै प्रत्येक विद्यालय, स्वास्थ्य चौकी, पार्क, सडक, सार्वजनिक संस्थालगायतका क्षेत्रहरुमा विशेष प्राथमिकता साथ फलफुलजन्य वृक्षारोपण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १३ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरुको औपचारिक

चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनुभएको छ ।

तुलसीपुर, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका ६ पालिकामा नयाँ नेतृत्व चयन भएको छ ।

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापतिमा सबुज बानियाँ विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021