बागमती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर, १८ असार । बागमती प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको छ । आज एकैदिन प्रदेशसभाको ३ वटा बैठक सम्पन्न भएका छन् । प्रदेशसभाको आज विहान १२ बजेदेखि बसेको बैठकमा प्रदेश मामिलाका सम्बन्धमा विषेश समयमा दलगत रुपमा प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राख्नुभएको थियो । दोस्रो बैठकमा प्रदेश सरकारले असार १ गते संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट माथि छलफल गरिएको थियो ।

छलफलमा भाग लिँदै सत्तापक्ष नेकपा एमालेका सांसदहरुले सरकारले कोरोना नियन्त्रण, स्वास्थ्य, शिक्षा, कृषि उत्पादनलाई प्राथमिकतामा राखेर विपद् व्यवस्थापनका योजनासहित बजेट ल्याएको भन्दै स्वागत गर्नुभयो । त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका सांसदहरुले प्रदेश सरकारले बजेटमा जनताको आशा र अपेक्षालाई बेवास्ता गरी नेता तथा कार्यकर्ता पालनका लागि मन्त्री र नेतामुखी बजेट ल्याएको बताउनुभयो र

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)