हङकङ प्रहरीद्वारा ग्रान्डमा वोङ पक्राउ

हङकङ, १७ असार । हङकङ प्रहरीले सहरकी प्रजातन्त्रको वकालत गर्ने ज्येष्ठ नागरिक महिलालाई पक्राउ गरेको छ । चीनको तियानमेन स्क्वायरमा भएको नरसंहारविरुद्ध प्रदर्शन गर्ने एलेक्जनड्रा वोङलाई प्रहरीले पक्राउ गरेको हो ।

चिनियाँ अधिकारीहरुले नरसंहारविरुद्ध प्रदर्शन गर्नेहरुविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ । ६५ वर्षीया अलेक्जान्ड्रालाई सोमबार पक्राउ गरिएको हो । उनलाई बेइजिङको हङकङस्थित लियाजोन कार्यालय पनि उनले विरोध प्रदर्शन गरेकी हुन् । उनलाई गैरकानुनी सभामा भाग लिएको भन्दै पक्राउ गरेको हो ।

वोङलाई स्थानीय रूपमा ग्रान्डमा वोङ भनेर पनि चिनिन्छ । सन् २०१९ मा हङकङमा भएको विशाल प्रजातन्त्रको प्रदर्शनमा पनि उनी सहभागी थिइन् । उनलाई अक्सर युनियन ज्याक झण्डा लहराउँदै गरेको देख्न सकिन्छ । जुन बेइजिङकको शासनप्रतिको असन्तुष्टिको प्रतीक हो र यस क्षेत्रलाई सन् १९९७ मा पूर्व औपनिवेशिक शक्ति बेलायतले चीनलाई हस्तान्तरण गरेको छ ।

हंङकङमा अब कुनै पनि किसिमको विरोध प्रदर्शन गर्न दिइने भएको छैन । अधिकारीहरूले प्रदर्शनलाई प्रतिबन्ध गर्न सन् २०२० मा नयाँ सुरक्षा कानुन ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021