राष्ट्रिय युवा संघले सामाजिक काममा ऐतिहासिक रेकर्ड राख्योः इन्चार्ज बस्नेत

भक्तपुर, १५ असार । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले संघले पछिल्लो समय गरेका समाजिक कार्य, प्राकृतिक विपत्तीमा सहयोग, राहत, श्रम शिविर, आँखा दान, रक्तदान, कोरोना रोकथाम तथा नियन्त्रणको लागि जनपरिचालन, खोपको लागि स्वयम सेवक परिचालन, स्वास्थ्य सामाग्री वितरणलगायतका सामाजिक काममा ऐतिहासिक रेकर्ड राखेको बताउनुभएको छ ।

असार १५ राष्ट्रिय धान दिवसको अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा संघ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका–९ नंखेलमा आयोजना गरिएको रोपाई विशेष कार्यक्रममा बोल्दै उहाँले विगतमा तराईमा बाढी, डुवान, शितलहर, हावाहुरी, सिन्धुपाल्चोक, मनाङलगायतका ठाउँहरुमा गएको बाढी पहिरोको उद्धार तथाा राहतलगायतका कार्यहरुमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उच्च प्रशंसा व्यक्त गर्नुभयो ।

संघको सक्रियताले समाजिक सेवाको साथ साथै मुलुकको विकास र समृद्धिको यात्रामा समेत अगाडी बढ्नको लागि प्रेरणाको श्रोतको रुपमा स्थापीत हुँदै गएको उल्लेख गर्दै नेता बस्नेतले सरकारले कृषिमा आधुनिकीकरण, यात्तीकरण तथा वैज्ञानिकीकरणले नेपाली युवाहरु विदेश जानेभन्दा नेपालमा नै रोजगारी तथा जीविकोपार्जन गर्ने कार्यमा संलग्न हुँदै गएको बताउनुभयो ।

कृषिमा आत्मनिर्भर हुँदै गएसँगै मुलुकको व्यापार घाटामा सुधार भएको बताउनुभयो । अहिले आयतमा ५ प्रतिशत घटेको र निर्यातमा ३५ प्रतिशत बढेको दाबी गर्दै उहाँले उत्पादनलाई उद्योगसंग जोड्दै युवाको मागलाई सरकारले सम्बोधन गर्दै लगेको बताउनुभयो । प्रधानमन्त्री ओली राष्ट्रनायक हुन् भन्दै उहाँले सरकारको विकासको योजना सफल पार्न युवा संघ जोश जाँगर र उर्जाका साथ अगाडि बढेको बताउनुभयो ।

संघले युवाहरुलाई व्यवसाय र उत्पादनमा जाड्ने अभियान चलाएको स्मरण गराउँदै युवाहरुलाई मुलुकको विकास र समृद्धिको मेरुदण्डको रुपमा स्थापीत गराउन सरकारले युवा बैंक, युवा परिषद् निर्माण, विद्यार्थीलाई शैक्षिक, महिला, दलित, जनजातीलाई उद्यमी, विदेशबाट आउनेलाई उद्योगमा लगाउन सहुलियत ऋण सरकारले उपलब्ध गराउदै आएको भन्दै उहाँले भूकम्प पछि टनेलखेतीदेखि कौशी खेतीसम्म गर्नेलाई अनुदान दिएर सरकारले कृषिमा आत्मनिर्भर बनाउदै लगेको भनाइ राख्नुभयो ।

एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उपमेयर जुना बस्नेत, चाँगुनारायण नगरपालिकाको उपप्रमुख विना बाँस्तोला, संघका उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, केन्द्रीय कमिटीका पदाधिकारी तथा संघमा आबद्ध सयौं युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्