इजलासमा प्रतिरक्षा बहस: ‘निर्दलीय व्यवस्थाको कल्पना संविधानमा छैन’

काठमाडौँ, १५ असार । सरकार पक्षका कानुन व्यवसायीले बाध्यात्मक परिस्थितिमा राष्ट्रपतिले संविधानअनुसार नै प्रतिनिधिसभा विघटन गरेको दाबीसहित जवाफी बहस थालेका छन् । सर्वोच्च अदालतमा जारी सुनुवाइमा उनीहरूले प्रतिनिधिसभा विघटन राजनीतिक मुद्दा भएको तर्क गर्दै अदालत त्यसभित्र प्रवेश नगरी राष्ट्रपतिको कामलाई सदर गर्न माग गरे ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा विघटित प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवासहित १४६ जना रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षले जवाफी बहस सुरु गरेको हो ।

विघटनको विपक्षमा बहस गर्ने कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतले संविधानविपरीत प्रतिनिधिसभा विघटन भएको तर्क गरेका थिए । त्यसैगरी संविधानको धारा ७६ (५) अनुसार कुनै दलले नभई प्रतिनिधिसभाका सदस्यले सरकार बनाउन सक्ने जिकिर उनीहरूको थियो । याे समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लमजुङ, ४ माघ । लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका

काठमाडौँ, ४ माघ । काठमाडौँका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021