प्रधामन्त्री बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने देउवाको भनाइ

काठमाडौँ, १५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन् । 

सोमबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने भन्ने नै गर्ने बताए ।

‘कोभिड १९ विरुद्धको खोप जसरी पनि उपलब्ध गराउँछौं । हाम्रो सरकार बनेपछिको पहिलो निर्णय नै त्यही हुन्छ,’ उनले भने । उनले बुद्धिजीवीको कुरा सुनेपछि सार्वजनिक सुनुवाइबिना गरिएका सबै निर्णय खारेज गर्नुपर्ने समेत बताए । ‘संसदीय सुनुवाइ नभए स्वतः अनुमोदन हुने व्यवस्था हटाएर भए पनि अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छन्’, देउवाले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनस्र्थापना हुने निश्चित नै भए पनि ढुक्क भइहाल्ने अवस्था नरहेको बताए । ‘संसद् त पुनस्र्थापना हुन्छ तर अझै पनि विश्वस्त हुन सक्ने अवस्था छैन। पुनस्र्थापनाले मात्रै पनि समस्याको समाधान हुने अवस्था हुँदैन । त्यसैले अलिकति पनि सतर्कता टुटाउन हुँदैन । आफ्नो ठाउँबाट आवाज उठाइराख्नुपर्छ’, दाहालले भने । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लमजुङ, ४ माघ । लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021