अध्यागमनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक: मन्त्री पौडेल

काठमाडौँ, १४ असार । गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताएका छन ।

आज अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर.कोडसहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाललाई विदेशीले चिन्ने पहिलो दृश्य अध्यागमन हो । एअरपोर्ट हो । हामीले यो भिसा प्रणालीमा त एक प्रकारको सुधार गरेका छौँ र अरू थप सुधार गर्दै जान्छौँ । साथै समग्र अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने आवश्यकता छ । हामीले गर्नुपर्ने कामका बारेमा योजना निर्माण गर्दै जाऔँ ।’

मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका र यसको प्रतिष्ठालाई माथि उठाउनका निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ४ माघ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

काठमाडौँ, ४ माघ । काठमाडौँका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021