देउवाप्रति दया लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रधानमन्त्री बन्ने चाहनाका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मार्ग छोडेको आरोप लगाएका छन ।

आज ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनताबाट चुनिएर प्रधानमन्त्री बन्नुपर्नेमा देउवाले अन्तैबाट प्रधानमन्त्री बन्ने प्रयास गरेको बताए । उनले भने, ‘शेरबहादुर जीको प्रधानमन्त्री फेरि हुने उत्कट इच्छाले उहाँले लोकतान्त्रिक मार्ग छोड्दिनुभयो । जनतामाथिको भरोसा छोड्दिनुभयो र केही जालीफटाहाहरु टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभयो । पार्लियामेन्टबाट भए हुन्थ्यो, अन्तैबाट हुनुपर्यो । जनतामा गएको भए हुन्थ्यो, जनतामा जाने बाटो अवरोध गरेर अन्तैबाट ।’

‘जनतामा जाने कुरालाई उहाँले कू भन्नुभयो । जनतामा जाने प्रस्ताव कू हो भने १७ सालको चाहिँ के थियो, लोकतान्त्रिक अभ्यास थियो रु नेपाली कांग्रेसले कू भनेको बिर्सिसकेछ । म शेरबहादुर देउवाजीलाई सोध्न चाहान्छु । माघ १९ चाहिं के थियो ?’ ओलीले प्रश्न गरे, ‘उहाँलाई सत्ता हस्तान्तरण गर्याथ्यो रु लोकतान्त्रिक विधिबाट थियो रु एउटा निर्वाचित प्रधानमन्त्रीलाई असंवैधानिक तरिकाले अपदस्थ गर्ने आश्विन १८ को घटनाचाहिँ के थियो रु कू थियो कि थिएन रु त्यतिबेर त कू भन्ने शव्द उहाँको मुखबाट आउने हिम्मत त भएन रु’ ओलीले भने, ‘अहिले जनताको बीचमा जाने संवैधानिक कुरा गर्दा चाहिं कू भनेको छ, प्रतिगमन भनेको छ । प्रचण्डको भाषासमेत सापटी लिएर, सापटीमात्र होइन त्यो त उहाँले आफ्नै बनाइसक्नुभयो । दया लाग्छ । एउटा लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको एउटा पार्टी यस ढंगले प्रचण्डपन्थी देखेर अचम्म लाग्छ । यो नहुनुपर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड