भारतको तेलंगना राज्यले ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण अभियान सञ्चालन गर्दै

नयाँ दिल्ली, १४ असार । भारतको तेलंगना राज्य सरकारले ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण अभियान सञ्चालन गर्ने भएको छ ।

तेलंगना सरकारले वल्र्ड इकोनोमिक फोरम, नीति आयोग र हेल्थनेट ग्लोबलको साझेदारीमा मेडिसिन फ्रम द स्काई अभियान सञ्चालन गर्ने भएको हो । यो अभियान अन्तर्गत ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप तथा औषधि सामाग्री वितरण गर्ने योजना रहेको छ । भारतमा ड्रोनबाट खोप वितरण गर्ने तेलंगना पहिलो राज्य भएको सूचना तथा प्रविधि मन्त्री केटी रमा रावले बताए । यो योजना जुन महिनाको अन्तिम साताबाट शुरु हुने अपेक्षा गरिएको छ ।

भबिष्यमा स्वास्थ्य सेवा क्षेत्रमा ड्रोनको प्रयोग गर्न रणनीति तथा नीति अबलम्बन गर्ने उदेश्यले यो अभियान शुरु गरेको सूचना प्रविधि सचिव जयस रन्जनले बताएका छन् । स्रोतस् ईण्डीया टुडे

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

लमजुङ, ४ माघ । लमजुङमा आज ८ घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

काठमाडौँ, ४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021