प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सरकार पक्षका वकिलकाे बहस भाेलिदेखि

काठमाडौँ, १३ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ ।

संवैधानिक इजलासमार्फत भएको सुरुवाती बहसमा निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा बहस गरेका छन् । बाँकी तीन घण्टा भने रिट निवेदकको विपक्ष अर्थात् सरकार पक्षका कानुन व्यवसायीले बहस गरेपछि जवाफी बहसका लागि छुट्याइएको छ ।

आज रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतीशकृष्ण खरेल, अधिवक्ता  भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । अब रिट निवेदकको विपक्ष अर्थात् सरकार पक्षका कानुन व्यवसायीहरुले भोलिदेखि बहस गर्नेछन् । उनीहरूले १५ घण्टाको समय पाउनेछन् ।

त्यस्तै एमिकस क्युरीका लागि दुई घण्टा समय तोकिएको छ । सरकार पक्षबाट महान्यायाधिवक्तासहित ११ अधिवक्ताले बहस गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ । समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को

काठमाडौँ, ६ वैशाख । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर

काठमाडौँ, ५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई