६० हजार रुपैयाँ घुस लिने प्रहरी जवानविरुद्ध मुद्दा दायर

काठमाडौँ, १३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० हजार रुपैयाँ घुस लिने प्रहरी जवानविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले उनलाई घुसबापतको रकमसहित पक्राउ गरेको थियो ।

हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनेर सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021