गठबन्धनले विदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई अस्थिरता र संकटमा धकेल्दैछन्: अध्यक्ष थापा

काठमाडौँ, १३ असार । राप्रपाका अध्यक्ष कमल थापाले विपक्षी गठबन्धनले विदेशीलाई कम्फर्टेवल सरकार बनाई मुलुकलाई अस्थिरता तथा संकटको बाटोमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष थापाले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, माधवकुमार नेपाल पक्ष तथा जनमोर्चासहितको गठबन्धनले मुलुकलाई अस्थिरता तथा संकटको बाटोमा अगाडी बढाउन खोजेको आरोप लगाउनुभयो । मुलुकमा आएको समस्या समाधान गर्न नेपाली जनतालाई साक्षी राखेर अगाडी बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले हाल मुलुकमा आएको राजनीतिक संकट तथा अस्थिरताको समाधानको एकमात्र विकल्प निर्वाचन भएको बताउनुभयो । विपक्षी गठबन्घनले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरु प्रजातन्त्र र संविधानलाई बलियो बनाउने नभई विदेशीलाई कम्फर्टेवल सरकार बनाई भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव हो । प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन, बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन् । विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने संभावना कम छ। त्यस अवस्थामा संविधानको धारा ७६(५) लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा ‘फ्लोरक्रस’, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ । के संविधानको आशय त्यही हो ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७