अप्ठ्यारोको बीचमा चिनले बंगलादेशको तीन पुर्वाधार विकास प्रयोजनाको लगानीबाट हात झिक्यो

काठमाडौँ, १२ असार । चीन ठूलो अप्ठ्यारोको बीचमा बंगादेशको तीन मुख्य पुर्वाधार बिकासको परियोजनामा आर्थिक लगानी गर्नबाट पछि हटेको छ। यस परियोजनाको  लगानीमा  अस्पष्टताको आरोप लागे पछि चीन अप्ठ्यारोमा परेको हो ।

यी परियोजनाहरु रेल क्षेत्रका रहेको छ । जुन   गाजीपुरको जोयदेबपुर देखि राजधानी ढाका नजिकै रहेको इशवर्दी सम्म मिश्रित गेज डबल लाइन निर्माण गर्ने उदेश्य राखिएको छ ।

चिनियाँ ठेकेदारले पनि अखाउरा देखि सिल्हेटमा मिटर गेज लाइन परिवर्तन गर्ने योजनामा काम नगर्ने बताएका छन ।  यसबाहेक, जयदेबपुर देखि जमालपुर हुँदै मईमसिंह सम्मको  मिश्रित गेज डबल रेलमार्ग निर्माणको आयोजनाको भविष्य पनि अनिश्चित भएको,  ईटीले ढाका स्थित अधिकारीहरूबाट जानकारी लिएको छ ।

यी तीन परियोजनाहरु सरकार देखि सरकार (GTG) को आधारमा अनुमोदन गरिएको थियो ।  जसमा चीनले आफ्नै  चिनियाँ ठेकेदारहरूलाई रोजगार दिदै आएको छ र अन्तर्राष्ट्रिय टेन्डरमार्फत परियोजनाका लागि ठेकेदारहरू राख्ने कुनै अवसर थिएन । ढाका स्थित स्रोतका अनुसार  यसबाहेक, यी कम्पनीहरूले परियोजनाको अवधि दोहोर्याएर विभिन्न बहानामा खर्च बढाउँदै छन ।  चिनियाँ हेरफेरको खुलासा भएपछि  बंगलादेश प्रधानमन्त्री कार्यालयले पनि यसको अनुसन्धान गराएको थियो ।

बंगलादेश रेलवे मन्त्रालयका स्रोतका अनुसार बंगलादेशले जीटीजी परियोजना अन्तरगत जग्गा अधिग्रहण, पुनःस्थापना, तलब र भत्ताको स्थानीय लागत वहन गर्नेछ भने चीनले निर्माणको लागि भुक्तान गर्नेछ ।  चिनियाँ लगानीको सर्त यो छ कि खुला टेन्डर आह्वान गर्न सकिदैन र केवल चिनियाँ ठेकेदारलाई मात्र काम दिनुपर्ने छ ।

प्रधानमन्त्री शेख हसिनाले माथि उल्लेखित रेल परियोजनाहरुमा खर्च कम गर्न निर्देशन दिएका थिए ।  बंगलादेशको रेलवे मन्त्रालयले  समिति गठन गर्‍यो र खर्च घटाउने प्रस्ताव राखेको थियो ।

यसैबीच चीनको जीटीजी प्रणालीअन्तर्गत पदमा पुलको दुबै छेउमा रेलमार्गको निर्माण र चटगाउँमा कर्णफुली नदीको तल ट्यांकहरूको निर्माण कार्य चलिरहेको छ।  यस प्रोजेक्टमा ठूलो लागत बढाइएको  पनि आरोप लगाइएको छ।  यस परियोजनाको लागत मूल अनुमान भन्दा दोब्बर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले