कोभिड-१९ : भारतले सेप्टेम्बरसम्ममा २ वर्ष भन्दा माथिका बालबालिकाको लागि खोप पाउने सम्भावना

दिल्ली, १२ असार । एम्स दिल्लीका निर्देशक डा रणदीप गुलेरियाले बालबालिकालाई सामान्यतया हल्का रोग लाग्ने तर उनीहरुका लागि कोभिड–१९ खोपको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छ्न् । उनले भारतको बायोटेक र अन्य कम्पनीहरुले बालबालिकाको खोपका लागि भारतमा निकै तीव्र गतिले परीक्षण गरिरहेको र प्राप्त तथ्याङ्क अनुमोदन हुने आशा गरेका छन् जसले गर्दा सेप्टेम्बर–अक्टोबरसम्ममा देशमा बालबालिकाका लागि खोप उपलब्ध हुने छ ।

डा। गुलेरियाले बताए अनुसार कोभाक्सिनको दुई वा तीन चरणको परीक्षण पूरा भएपछि केटाकेटीका लागि सेप्टेम्बर-अक्टोबर सम्ममा उपलब्ध हुने अपेक्षा गरिएको छ । कोभाक्सिन भारत बायोटेकद्वारा विकसित एक स्वदेशी खोप हो । डा. गुलेरियाले अझ प्रष्ट पार्दै भने ‘बच्चाहरू लाई अक्सर हल्का रोग लागेको हुन्छ तर हामीले बच्चाहरूको लागि खोप विकास गर्नु आवश्यक छ किनभने यदि हामीले यस महामारीलाई नियन्त्रणमा राख्नुपर्छ भने सबैलाई खोप लगाउनुपर्छ। भारत बायोटेक र अन्य कम्पनीहरूले एकदमै छिटो परीक्षण गरिरहेका छन् किनभने आमाबाबुआफ्ना छोराछोरीसँग परीक्षणको लागि अघि बढेका छन् ।’

‘एउटा आशा छ कि परीक्षण चाँडै पूरा हुनेछ र सम्भवतः लगभग दुई-तीन महिनाको अनुगमनका पछि हामीसँग सेप्टेम्बर सम्ममा तथ्याङ्क हुनेछ । आशा छ, त्यस समय सम्ममा अनुमोदन हुनेछ र सेप्टेम्बर-अक्टोबरसम्ममा, हामीले बालबालिकालाई दिन सक्ने हाम्रो देशबाट खोपहरु पाउनेछौं,’ उनले थपे ।

उनले भारत बायोटेकले २ देखि १८ वर्षको उमेर समूह बीच परीक्षण सञ्चालन गरिरहेको र ‘यसले व्यापक स्पेक्ट्रम ढाक्छ’ भने । जिडस क्याडिला खोपबारे सोधिएको प्रश्नमा उनले भने( यो डिएनए खोप हो, नयाँ प्लेटफर्म प्रयोग भइरहेको छ र ‘यो हामीले गर्व गर्नुपर्ने कुरा हो’ । उनले थप्दै भने यो एउटा यस्तो प्लेटफर्म हो जसको लागि विगतमा देशमा अनुसन्धान गरिएको छैन ।

उनले अझ प्रष्ट पार्दै भने ‘डेटा अझै पनि संकलन गरिदै छ र नियामक अनुमोदनका लागि डीसीजीआईमा डेटा पेश गर्न सक्षम हुने आशा गरिएको छ । यो कति छिटो तथ्यांक जम्मा गरेर नियामक निकायलाई दिन सक्षम हुन्छ, कम्पनीमा निर्भर हुनेछ ।’ स्रोतः https://www.khaleejtimes.com/

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021