भारतमा खोप लिनेको संख्या ३० करोड नाघ्यो

काठमाडौँ, १२ असार । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार भारतको संचयी कोभिड–१९ को खोप कभरेज ३० करोड नाघेको बताएको छ। रिपोर्ट अनुसार कुल आंकडा ३०.०९,६९,५३८ पुगिसकेको हो ।

को–वीनले जनाएको अनुसार कोभिड-१९ खोपको भ्याक्सिनेसन कार्यक्रमको नयाँ चरण जुन २१ बाट सुरु भए देखि बुधबार मात्रै ६३।२६ लाख जनालाइ खोपहरू दिईएको छ । मन्त्रालयले जनाए अनुसार बुधबारको दिन १८-४४ बर्षका उमेर समुहलाइ ४१.२३ लाख भन्दा बढी पहिलो चरणको खोप दिइयो भने ६८,९०० भन्दा बढीलाई दोस्रो चरणको खोप दिइएको छ ।

रिपोर्ट अनुसार ३७ राज्य र केन्द्र शासित प्रदेशहरूमा यस समूहका ७,०२,११,०७५ व्यक्तिले पहिलो डोज पाइसकेका छन् भने १४,९८, ११३ जनाले दोस्रो चरणका खोप लिएका छन् ।

उक्त रिपोर्ट अनुसार आन्ध्र प्रदेश, असम, बिहार, छत्तीसगढ़, दिल्ली, गुजरात, हरियाणा, झारखंड, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, तमिलनाडु, तेलंगाना, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका १० लाख भन्दा बढी १८-४४ वर्षका उमेर समुहलाई कोभिड-१९ खोपको पहिलो खुराक दिएको छ । स्रोतः इकोनोमिक्स टाईम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।