अदालतले देउवालाई प्रधानमन्त्री घोषणा गर्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ, १२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अदालतको आदेशलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको छ ।

आज संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव देउवा प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको हो । आफूले सेटिङ गरेको नभई संविधान अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री हुने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘हेर्नुहोला केपीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । यो सेटिङ गरेर भनेको होइन । देउवाले प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन । हामीले उभ्याएका हौं, साथ दिन्छौँ भनेर । हामी ५ पूर्व प्रधानमन्त्रीले दिएको विज्ञप्ति बुझ्नेका लागि इसारा काफि छ । पत्रकार साथीहरु हामीलाई धेरै एक्सपोज गर्न नलगाउनुस, नेतालाई धेरै एक्सपोज गराउदा देशलाई फाइदा हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्