माओवादीलाई झड्काः निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

पर्सा, १२ असार । पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता नेकपा माओवादी (केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँ एमालेमा प्रवेश गरे सँगै माओवादीलाई तराईमा आगामी निर्वाचनको यात्रा कठिन मोडमा पुगेको छ । पछिल्लो समयमा माओवादी त्यागी एमालेमा प्रवेश गर्नेको लर्को नै चलेको छ । जसले गर्दा तराईमा माओवादीको अवस्था नाजुक बन्दै गएको छ ।

आफू निर्वाचित भएको दल परित्याग गरि एमालेमा प्रवेश गरेका गुप्तालाई एमालेले पर्सा जिल्ला कमिटी सचिवमा मनोनित गरेको छ । एमाले प्रदेश अध्यक्ष तथा निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहसँगको छलफलपछि गुप्ता एमाले प्रवेश गर्नुभएको हो । साह पनि माओदी परित्याग गरि एमाले प्रवेश गर्नुभएको थियो ।

ज्वालासँगै प्रदेश २ बाट चार जना प्रदेश सभा सदस्य र १४ जना भन्दा बढी स्थानीय तहका निर्वाचित जनप्रतिनिधि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021