चिनियाँ र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुँदै

ब्रसेल्स, १२ असार । रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ । 

चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको छ । प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा शुक्रबार सो कुरा बताउनुभएको हो ।

बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी दिनुभयो ।

उहाँहरु बीचमा गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै