बर्खे अधिवेशनका लागि संसद् सचिवालयको तयारी सुरु

काठमाडौँ, १२ असार । राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेपछि संसद् सचिवालयले बैठकको आवश्यक तयारी गर्न लागेको हो ।

कोरोनाको नयाँ भेरियन्टका कारण जोखिम भइरहेकाले त्यसलाई ध्यानमा राख्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको छ । गत पुस १७ देखि २६ गतेसम्म राष्ट्रिय सभाको अधिवेशन आह्वान भएपछि ६ महिनापछि बैठक बस्न लागेको छ । राष्ट्रिय सभाका सांसद धेरैजसो उपत्यकाबाहिर रहेका छन् । जसकारण समितिको बैठक पनि बस्न सकेको छैन । संसद् सचिवालयले सबै सांसदलाई अधिवेशन आह्वानको जानकारी विभिन्न माध्यमबाट गराउँदै आएको छ ।  

यसअघि सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर तयारी थालेको थियो। बैठकमा एक सांसद र अर्को सांसदबीच दुई कुर्सी खाली राखी गरी सामाजिक दूरी कायम गरिएको थियो। संसद्मा प्रवेश गर्ने सांसदले अनिवार्य मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको थियो । त्यस्तै, सेनिटाइजरको प्रयोग गर्ने, हात नमिलाउनेदेखि विश्व स्वास्थ्य संगठनले तोकेका अन्य मापदण्ड कडाइका साथ पालना गराइने व्यवस्था गरिएको थियो । 

संसद् भवनबाहिर हात धुन साबुनपानीको व्यवस्था पनि गरिएको थियो । हात धोएपछि मात्र संसद् भवनमा प्रवेश दिइने व्यवस्था गरिएको थियो । ‘सांसदहरूको टेबलमा सेनिटाइजर अनिवार्य गरिएको छ र बोल्नुअघि माइक पनि अनिवार्य रुपमा सेनिटाइज गर्नुपर्ने व्यवस्था गरिएको थियो ।’ यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021