एउटा देशका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले गर्दैनः प्रम ओली

काठमाडौँ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा देशका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने बताउनुभएको छ ।

शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभयो । उहाँल् राष्ट्रिय हितलाई मात्रै महत्व दिँदा त्यसले अन्तराष्ट्रियवादलाई नसमाउने भन्दै अन्तर्राष्ट्रिय भाइचारालाई पनि नसमाउने बतउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय हितहरुलाई महत्वमा राखिन्छ तर राष्ट्रिय हित मात्रै होइन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्ध राष्ट्रवाद हुन्छ या संकिर्ण राष्ट्रिय स्वार्थ केन्द्रीत हुन्छ । राष्ट्रिय हित मात्रै हेर्ने कुरा साना राष्ट्रका लागि झनै उपयोगी हुन सक्दैन । त्यहाँ जस्टिस, त्यहाँ इन्टरनेशनल अब्लिगेसन जोडिनुपर्छ र मात्रै साना राष्ट्रका लागि उपयोगी अन्तत्वगत्वा सवै ठुला साना राष्ट्रका लागि विश्वशान्तिको स्थापना गर्ने, विश्वमा शान्ति कायम राख्ने र विश्वमा साझा समृद्धिका लागि साझा प्रयासहरु केन्द्रीत गर्ने कुरामा ।’

नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताउनुभयो । प्रधानमन्त्री ओलीले सार्वभौम समानता भनेर आफ्नो दृष्टिकोण अघि सारेको जानकारी गराउँदै त्यसभित्र थुप्रै कुराहरु अटाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021