विपक्षी गठबन्धन पूर्वराजाको शरणमा पुगे : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, ११ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी गठबन्धनले आफुलाई राजनीतिक प्रतिस्पर्धामा अग्लो देखाउन पूर्वराजालाई गुहारेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, एमालेबाट निष्काशित माधवकुमार नेपाल पक्ष तथा जनमोर्चासहितको विपक्षी गठबन्धनले पूर्वराजाका शरणमा पुगेको आरोप लगाउनुभयो ।

विपक्षी गठबन्धनको हिजो भएको पत्रकारहरुसँगको कुराकानीमा माओवादीका अध्यक्ष प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीभन्दा कयौं गुणा राजाको उचाई भएको भनि अभिव्यक्ति दिनुभएको थियो । त्यस्तै नेता नेपालले ओलीभन्दा कयौं गुणा बाम्पन्थी नेताका रुपमा कांग्रेस सभापति शेर बहादुर देउवा भएको बताउनुभएको थियो । सोही प्रशंगमा मुख्यमन्त्री पोखरेलले राजनीतिक प्रतिष्पर्धामा आफुलाई अग्लो देखाउन पूर्वराजालाई गहारेको आरोप लगाउनुभयो । विपक्षी गठनब्धनले राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएका छ, ‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ¿?

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा