कोभाक्सिन खोपको उत्पादन सम्बन्धि विस्तृत तथ्यांक सार्वजनिक

नयाँ दिल्ली, ११ असार । कोभिड १९ बिरुद्ध कोभाक्सिन खोप उत्पादन कम्पनी भारत बायोटेकले खोपबारे अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ ।

भारत बायोटेक कम्पनीले कोभाक्सिन खोप उत्पादनमा अनुसन्धान र अध्ययनको तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीको अनुसार कोभाक्सिन खोपको पहिलो र दोस्रो ट्रायल र तेस्रो ट्रायलको आंसिक तथ्यांकहरु भारत सरकार अन्तर्गतको नियामक निकायहरुले छानबीन गरेको बताइएको छ । भारतमा मानिसको क्लिनीकल ट्रायल मार्फत तथ्यांकहरु सार्वजनिक गर्ने कोभाक्सिन मात्र एक खोप रहेको भारत बायेटेकले बताएको छ ।

कोरोनाको विभिन्न भेरियन्ट बिरुद्ध कोभाक्सिनको प्रभावबारे अध्ययन यसअघि नै बायोरसिभ, जर्नल अफ ट्राभल मेडिसिन जस्ता विभिन्न माधयम मार्फत सार्वजनिक गरिसकेको कम्पनीले बताएको छ । भारतमा कोभिड १९ बिरुद्ध उच्च मात्रामा प्रभावशाली खोप र नयाँ भेरियन्टहरुबारे तथ्यांक भएको एक मात्र खोप कोभाक्सिन रहेको विज्ञप्तीमा उल्लेख छ । भारत बायोटेकद्धारा उत्पादित खोप कोभाक्सिन भारतको एक मात्र मौलिक खोप हो भने, सिरम इन्स्टीच्युट अफ ईण्डीयाद्धारा उत्पादित कोभिशिल्ड खोप बेलायतको अस्ट्रेजेनेका खोपको स्थानीय रुप हो । स्रोत इकोनोमिक टाईम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021