कोभिड १९ जस्ता माहामारीबिरुद्ध विश्वको सहकार्य हुनुपर्ने भारतीय प्रम मोदीको जोड

नयाँ दिल्ली, ११ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी कोभिड १९ तथा भबिष्यमा हुने माहामारी बिरुद्ध विश्व समुदाय एक हुन आग्रह गरेका छन् ।

जी सेभेन सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले कोभिड १९ लगायत भबिष्यमा हुने माहामारी बिरुद्ध विश्वको सहकार्य हुनुपर्ने जोड गरेका हुन् । प्रधानमन्त्री मोदीले वान अर्थ, वान हेल्थ अप्रोच लिएर यस्ता माहामारीहरु बिरुद्ध विश्व समुदाय एक हुनुपर्ने बताएका हुन् ।

बेलायतको कर्नवाल शहरमा भएको ४७ औँ जी सेभेन सम्मेलनमा प्रधानमन्त्री मोदीले यस्तो आग्रह गरेका हुन् । लोकतान्त्रीक तथा पारदर्शी समाजले यस्ता भबिष्यमा हुने माहामारी बिरुद्ध वान अर्थ, वान हेल्थको अप्रोच लिनुपर्ने प्रधानमन्त्री मोदीले आग्रह गरे । कोरोना माहामारी बिरुद्ध भारत सरकार, नागरिक समाज, उधोग क्षेत्रले लिएको कदम र योगदानबारे प्रधानमन्त्री मोदीले सम्मेलनमा बताए । भारत र दक्षिण अफ्रिकाले कोभिड खोप उत्पादन, वितरण अनुमतिबारे विश्व व्यापार संगठनमा गरेको प्रस्ताबमाथि सहयोग गर्न प्रधानमन्त्री मोदीले जी सेभेन राष्ट्रहरुलाई आग्रह गरे ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि खोपको बिषयमा प्रधानमन्त्री मोदीको समर्थन गरे । सात ठूला आर्थिक मुलुकहरु अमेरिका, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, ईटाली र जापानको सहकार्य जी सेभेनको सम्मेलनमा भारत तथा अष्ट्रेलिया पाहुना राष्ट्रको रुपमा उपस्थित रहेको थियो । स्रोत हिन्दुस्तान टाईम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021