एनआईसी बैंकद्वारा ‘Tiktok Video Challange’ प्रतियोगिता सार्वजनिक

काठमाडौँ, ११ असार । एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउने महानुभावहरू लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।

योहीआषाढ ६ देखि श्रावण ५ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेज -@NICASIABankOfficial_मा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘MoBankगरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिने बैंकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागी भई प्रति भिडियो रू. १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सक्ने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा रू. १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था रहेको बैंकले जनाएको छ ।

Tiktok Video ChallangeÚ मा सहभागी हुनको लागि नियमहरू:

क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज -@NICASIABankOfficial_फलो गर्नुपर्नेछ ।
ख. सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई Tag एवं  @NICASIABankOfficial, #nicasiabank, #mobankgarauसमेत उल्लेख गरेर सार्वजनिक रुपमा शेयर गर्नुपर्नेछ ।
ग. माथि उल्लेखित प्रकृया पूरा गरेपश्चात् अपलोड भएका ६ वटा थिमका भिडियोहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक÷एक वटा भिडियो विजयी हुनेछन् ।
घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।
ङ. यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021