माओवादी त्यागी एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त (सूचीसहित)

काठमाडौँ, ११ असार । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु

क्र.सं.पदनामस्थानीय तह
१.प्रमुखरिना कुमारी साहमौलापुर न.पा. रौतहट
२.प्रमुखसियाराम कुशवाहाकटहरिया न.पा. रौतहट
३.उप्रमुखपरनिया देवीदेवाही गोनाही न.पा. रौतहट
४.उप्रमुखगौरिशंकर प्रसादमैलापुर न.पा. रौतहट
५.उप्रमुखकान्ति देवीफतुवाविजयपुर न.पा. रौतहट
६.उपप्रमुखसिमल कुमारी साहमाधवनारायण न.पा. रौतहट
७.उपाध्यक्षगितादेवी साहयमुनामाई गा.पा. रौतहट
८.नगर का.पा. सदस्यसतमीलाल दास तातीलहान न.पा. सिरहा
९.अध्यक्षशेष फारुकसम्सी गा.पा. महोत्तरी
१०.उपप्रमुखछायाँ देवी देवकोटाभजनी न.पा. कैलाली
११.वडाध्यक्षभागिरथी विष्टगौरीगंगा न.पा.–४, कैलाली
१२.वडाध्यक्षशर्मानन्द भट्टगोदावरी न.पा.–१, कैलाली
१३.वडाध्यक्षपुरन विसीबर्दगोरिया न.पा.–४, कैलाली
१४.वडाध्यक्षसुरेश कुमार थापाचम्पादेवी गा.पा.–७, ओखलढुंगा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021