ठाकुर–महतो समूहमा गम्भीर असन्तुष्टि

काठमाडौँ, ११ असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् ।

पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् ।

जसपा स्रोतका अनुसार प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, दुलारी देवी, विमल श्रीवास्तव, राजकिशोर यादव, चन्द्रकान्त चौधरी र नरमाया ढकालले छलफल कार्यक्रम बहिष्कार गरेका हुन् ।

राजकिशोर र विमलमन्त्री नियुक्त भएका थिए । पार्टी एकताको पक्षमा रहेका राजकिशोरले ठाकुर र महतोलाई आफ्नो नेता अस्वीकार गर्दै आएका छन् । उनी जसपा पार्टी एकताको पक्षमा रहेकाले ठाकुर र महतो पक्षले बोलाएको बैठकमा सहभागी नभएको उनीनिकट नेताले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021