नेप्से लगातार ओरालो लाग्दै

काठमाडौँ, १० असार । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९६ अङ्कले घटेर दुई हजार आठ सय ४३ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर साढे सात अङ्कले, विकास बैंकको झन्डै ७३ अङ्कले, व्यापारको २६ अङ्कले, फाइनान्स समूहको २९ र माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर एक सय ४४ अङ्कले,  निर्जीवन बीमा समूहको एक सय ७७, उत्पादनको साढे ४१, अन्यको ३० र लगानी समूहको शेयर एक सय नौ अङ्कले घटेको छ ।

आज दुई सय १९ कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ङ्यादी ग्रुप पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।