राष्ट्रिय युवा संघको चेतावनी: ‘भ्रमको खेती नगरौं, निष्ठाको राजनीति गरौं’

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती नगरी निष्ठाको राजनीति गर्नलाई सुझाव दिएको छ । एकले अर्कालाई खुइल्याउने नभई मुलुक, जनता र पार्टीको हितमा रही काम गर्ने महत्वपूर्ण जिम्मेवारी पार्टीका जनवर्गिय संगठनहरुको जिम्मेवारी रहेको प्रति सचेत गराउँदै पार्टीको हित विपरितका गतिविधि नगर्न खेलुकद महासंघलाई चेतावनी दिएको छ ।

बाढी पहिरोका कारण दुःखको पिडा झेलीरहेको मनाङमा लैजान लागेको राहत सामाग्री इन्चार्ज बस्नेतले रोक्नुभयो भन्ने काल्पनिक, कपोकल्पित तथा भ्रामक समाचार प्रकाशन गर्न लगाई संघ र संघका इन्चार्ज तथा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतको बदनाम गराउन खोजेको भन्दै संघले कडा रुपमा आपत्ती जनाउँदै त्यस्ता कपोकल्पतीत तथा भ्रामक तथा एकलैटी समाचार प्रकाशन नगर्न सञ्चार माध्यमलाई आग्रह समेत गरेको छ ।

महासंघका एक सदस्यको भनाई भन्दै एक मिडियाले ‘सांसद महेश बस्नेतका कारण मनाङमा राहत वितरण कार्यक्रम अवरुद्ध, खेलकुद महासंघको आक्रोस, गृहमन्त्रालका अधिकारी पनि चकित’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । कुनै पनि समाचार प्रकाशन गर्नुपूर्व दुवै तर्फको कुरालाई समेट्नुपर्ने पत्रकार आचार संहितलाई नभुल्न उक्त सञ्चार माध्यमलाई आग्रह गर्दै युवा संघले कसैको बदनियतपूर्ण तरिकाले आएका कुराले नेपाली जनता तथा सिङ्गो आम युवा पंतिलाई नै नकारात्मक असर पर्नेकुरा प्रति सजग हुन आग्रह समेत गरेको छ ।

युवा संघका उपाध्यक्ष सञ्जिव कुमार झा तथा महासचिव रमेश आचार्यले उक्त काल्पनिक तथा भ्रामक समाचारको पछाडी नलाग्न आग्रह गर्दै संघका इन्चार्ज महेश बस्नेतले रोकेको प्रमाण लिएर आउनलाई खेलकुद महासंघलाई चुनौती समेत दिनुभएको छ । चाकडी, चाप्लुसी र चक्कु प्रवृत्ति विरुद्ध जस्तोसुकै कदम चाल्न युवा संघ बाध्य हुने चेतावनी दिँदै संघका इन्चार्ज बस्नेतलाई खुइल्याउन खेलकुद महासंघका केही नेतृत्वहरु हात धोएर लागेको समेत आरोप लगाउनुभयो । पिडितलाई जोसुकैले पनि राहत वितरण गरी परिस्थितीलाई सामान्यतर्फ लैजान संघ तथा इन्चार्ज बस्नेतले २४सैं घण्टा पहलकदमी गरिरहनुभएको स्मरण गराउँदै संघले जायज, नाजायज तर्क, बितर्क गर्दै नेता कार्यकर्ता तथा आम जनसमुदायमा भ्रम फिजाउने काम बन्द गर्न आग्रह गरेको छ ।

राष्ट्रिय युवा संघका उपाध्यक्ष झाले भन्नुभएको छ, ‘पहिले त यो सामाचार नै गलत हो । अर्को राष्ट्रिय युवा संघ नेपाल गाडी लिएर राहत समाग्री बाढ्न जान सक्ने अनि खेलकुद महासंघलाई हेलिकप्टर नै चाहियो । बाढ्नु छ भने गाडीमा लिएर मनाङ पुगे भैई गयो नि । के को रोईलो । हाम्रो ईन्चार्ज लाई बिना कारण आक्षेप लगाउने काम बन्द गरीयोस ।’

त्यस्तै संघका महासचिव आचार्यले भन्नुभयो, ‘नेपाल खेलकुद महासंघले हेलिकप्टर मार्फत मनाङ लैजान तयार गरिएको राहात सामाग्री युवा इन्चार्ज तथा पूर्वसांसद महेश बस्नेतले रोक्नु भयो भन्ने काल्पनिक समाचार एउटा अनलाइन मार्फत आएको देखियो । यो समाचार बिल्कुल प्रायोजित र काल्पनिक हो । खेलकुद महासंघका कतिपय नेतृत्व जसले इन्चार्ज क महेश बस्नेत र राष्ट्रिय युवा संघको बर्तमान नेतृत्वलाई खुइलाउन हात धोएर लागेको छन् । जायज, नाजायज तर्क, बितर्क गर्दै नेता कार्यकर्ता तथा आम जनसमुदायमा भ्रम फिजाउने काम गरिरहेका छन् । स्मरण रहोस, नेकपा (एमाले)का सबै जन-संगठनसँग सहकार्य र भाइचारा सम्बन्ध कायम गरेर अगाडी बढ्ने कुरामा राष्ट्रिय युवा संघ नेपाल सचेत र प्रतिबद्ध छ । संघले आषाढ-३ गते सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुसम्म गएर २० लाख बराबरको राहत सामग्री बितरण गरेको कुरा सबैलाई अवगत नै छ । संघका अध्यक्ष क. किरण पौडेलको नेतृत्वमा हिजो (असार-१० गते) १५ लाख बराबरको जिन्सी र नगद सहित काठमाडौँबाट मनाङ हिडेको ३७ जनाको टोली यतिबेला मनाङको ताल पुग्दै छ । स्मरण रहोस, राष्ट्रिय युवा संघले मनाङ लान तयार पारेको राहात सामाग्री हेलिकप्टर मार्फत लैजान पछिल्लो अदालतको आदेश र मन्त्री ज्युको जिम्मेवारी कायम नभएकोले रोकिएको हो भन्ने हामीलाई लागेको छ । खेलकुद महासंघको विषय पनि त्यही होला भन्ने हामीलाई लाग्दछ । यस्तो संबेदनशील विषयमा मिडियाबाजी गरेर हाम्रो इन्चार्ज र संघलाई बदनाम गर्न केहि खेलकुद महासंघका कथित नेता र अघोषित इन्चार्जहरु निरन्तर लागीरहेका छन् । यस तर्फ सबैको ध्यान जाओस् । यस्ता फोहोरी खेल बन्द गर्दै अरुको खुट्टा काटेर नेता बन्ने भन्दा अफ्नो क्षमता र दक्षता देखाएर नेतृत्व विकास गर्ने बाटो रोज्न सुझाव दिन चाहन्छौं । यदि हाम्रो सुझावलाई कमजोरीको रुपमा लिईन्छ भने यी र यस्ता (चाकडी, चाप्लुसी र चक्कु) प्रवृत्ति विरुद्ध जस्तोसुकै कदम चाल्न हामी बाध्य हुनेछौं, सम्बन्धित पक्षलाई चेतना भया !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021