राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (सूचीसहित)

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएको छ ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो । गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उहाँहरुको सिधै नियुक्ति भएको हो ।

को को भए नियुक्त ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
हरि पौडेल, सदस्य
सुमित्रा श्रेष्ठ, सदस्य

लोकसेवा आयोग

माधवप्रसाद रेग्मी, अध्यक्ष
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जुकुमारी, सदस्य

निर्वाचन आयोग

सगुनशम्शेर जबरा, सदस्य

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

विपिनराज निरौला, सदस्य

राष्ट्रिय महिला आयोग

जया घिमिरे, सदस्य
सावित्राकुमारी शर्मा, सदस्य
सुन्दर पुर्कोटी, सदस्य

राष्ट्रिय समावेशी आयोग

रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य

आदिवासी जनजाति आयोग

सुर्यबहादुर गुरुङ, सदस्य

मधेसी आयोग

आभाकुमारी, सदस्य

थारु आयोग

उमाशंकर प्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य

मुस्लिम आयोग

मोहम्मद समशुल हक, सदस्य

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गुल्मी, १० साउन । नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा

काठमाडौँ, १० साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत  अनेकथरि

काठमाडौँ, १० साउन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको

काठमाडौँ, १० साउन । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च