नागार्र्जुनले ल्यायो एक अर्ब, ९६ करोडको बजेट

काठमाडौँ, ९ असार । नागार्जुन नगरपालिकाले एक अर्ब, ९६ करोड, ७५ लाख, २५ हजार रुपियाँको बजेट ल्याएकोे छ । नगरपालिकाको बुधवार बसेको पाँचौ नगरसभाले उक्त बजेट ल्याएको हो । नगरपालिकाले ल्याएको बजेटमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न प्राथमिकता दिएर नगरपालिकाले बजेट ल्याएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले बताउनुभयो ।

कोरोना पीडित किसानलाई कृषि औजार, मल तथा बीउविजनमा ५० प्रतिशत अनुदान दिने नगरपालिकाको अगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक वडा एक उत्पादनको अवधारणा अनुसार स्थानीय स्तरमा सबै भन्दा बढि संभाव्यता देखिएका स्रोत र साधनको पहिचान गरी त्यसमा औद्योगिक वस्तुको उत्पादनमा प्रबद्र्धन गर्ने, कृषि पकेट क्षेत्र विस्तार गर्ने नीति नगरपालिकाको छ ।

सार्वजनिक र पर्ति जग्गा संरक्षण गर्ने, नगरपालिकालाई खेलकुद सहरको रुपमा विकास गरी खेल पर्यटन प्रबद्र्धन गर्ने नीति नगरपालिकाले बनाएको छ । नगरपालिका प्रमुख बस्नेतले नगरपालिकाले यसअगाडि चार वर्षसम्म ल्याएका बजेट सफल रुपमा कार्यान्वयन गरेकाले यो बजेट कार्यान्वयन गरी नगरबासीको विकास निर्माण र सुशासनको प्रत्याभूतिलाई पूरा गर्ने बताउनुभयो । सो अवसरमा नगर उपप्रमुख सुशिला अधिकारीले आगामी वर्षको लागि नीति कार्यक्रम र बजेट सभामा पेश गर्नुभएको थियो । नगरसभामा प्रदेश सभा सदस्य केशब पोखरेलले नगरपालिकाको बजेट सफल रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021