संघीयताको ‘नयाँ मोडालिटी’मा जानुपर्छ : पूर्वमन्त्री बस्नेत

भक्तपुर, ९ असार । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त संघीयताको उपलब्धीलाई नयाँ मोडालिटीमा लैजानुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।

आज ‘कृषि, शिक्षा,पर्यटन र पुर्वाधार’ ‘सूर्यविनायक समृद्धिको मुल आधार’ भन्ने मुल नाराकाा साथ आयोजना भएको सूर्यविनायक नगरपालिकाको ९ औं नगर सभालाई सम्बोधन गर्दै नेता बस्नेतले समय र जनताको माग र चाहना अनुसार वर्तमान संघीयताको व्यवस्थालाई आगामी निर्वाचनसँगै परिवर्तनका एजेण्डा बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ निर्वाचनमा विशिष्ट प्रकारका सांस्कृतिक पहिचानका एजेण्डा, २०६२/०६३ को आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाको एजेण्डा, संघियता, धर्मनिरपेक्षता, समानुपातीक, समावेशीतालगायतको व्यवस्थामा भएका कमि कमजोरीलाई सुधार गर्ने एजेण्डा, संसदीय ढाँचा भन्दा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको एजेण्डा बनाउनुपर्छ ।’

प्रदेश सरकारको बारेमा नयाँ मोडालिटी बनाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै नेता बस्नेतले प्रदेश सरकारले जनतालाई प्रत्यक्ष बुझ्ने, देख्ने र भोग्ने गरीको बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकार तीन वटै तहका सरकारको मध्यस्तताको माध्यबाट अगाडी बढाएमा जनताको चाहना अनुसार मुलुक रुपान्तरण गर्न सकिने धारणा उहाँले राख्नुभयो । जसले गर्दा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन सफल हुने उहाँको धारणा रहेको छ ।

उहाँले भन्नुभयो, ‘प्रदेशभित्रका सवै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रदेशसभाको सदस्यको जस्तै भूमिका दिनुपर्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखकै माध्यमबाट प्रदेश सरकार निर्माण गर्ने र स्थानीय तहका नेतृत्वमा बनेको प्रदेश सरकारले संघीय सरकारको बजेट, नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने, स्थानीय तहको बजेट तथा कार्यक्रमलाई अनुगमन गर्ने, प्रभावकारी कार्यान्वयन तथा नियमन गर्ने कार्य गरेमा संघीयतालाई व्यवस्थीत र प्रभावकारी बनाउन सकिन्छ ।’

निर्वाचनको विधिबाट सम्पूर्ण कुराहरुलाई हल गर्न सकिने धारणा राख्दै नेता बस्नेतले संसदीय व्यवस्थामा दलहरुबीच फोहोरी खेल हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन यस्तो विधि हो जसले ट्र्याक आउट हुन लागेको लोकतन्त्रलाई ट्र्याकमा ल्याउन सक्छ । त्यसैले निर्वाचनको माध्यमबाट मुलुकमा आएका कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापीकामा आएका समस्याहरुलाई समाधान गर्न सकिन्छ । संसदीय व्यवस्थामा बजेट, नीति तथा कार्यक्रम फेल भएको खण्डमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने हुन्छ । जसले गर्दा सरकाले नयाँ नयाँ योजनालाई कार्यान्वयन गर्न कठिन हुन्छ । बजेट, नीति तथा कार्यक्रम पास गर्न विपक्षीलाई खुसी बनाउनै पर्ने वाध्यता हुन्छ । यो संसदीय व्यवस्थाको अवगुण हो । त्यसैले स्थानीय तहका जनप्रतिनिधि जस्तै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरी कुनै पनि कुरालाई फेल गराउने तथा अविश्वासको प्रस्ताव लैजाने व्यवस्थालाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको छ ।’

राजनीतिक अन्तरद्वन्द्व र अन्तरविरोध भएका कारण जनतामा न्यायलय प्रति समेत वितृष्णा पैदा हुँदै गएको उल्लेख गर्दै उहाँले संविधान प्रति वितृष्णा र राजनीतिक समस्याको हल गर्दै जानुपर्ने बताउनुभयो । नगरपालिकाले जनअपेक्षा अनुसार काम गर्न सफल भएकोमा धन्यवाद व्यक्त गर्दै नेता बस्नेतले तीन वटै तहका जनप्रतिनिधिले नीति निर्माणमा मात्र हैन विकास र समृद्धिको यात्रालाई नेतृत्व गर्नुपर्ने बताउनुभयो । कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकाको काम समेत गर्ने भएकाले जनतासँग सवैभन्दा बढी सहकार्य गर्ने स्थानीय तह भएकाले प्राकृतिक विपत्तीका पिडितलाई सहयोग गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले राहत र उद्धारका कार्यलाई विशेष प्राथमिकता दिई जनजीवनलाई सहज बनाएको बताउनुभयो ।

नगरपालिकाभित्र सञ्चालनमा रहेका विकास निर्माणका कामहरुलाई नियमित सुचारु गरेकाले भोकमरीको समस्या आउन नपाएको उल्लेख गर्दै नेता बस्नेतले भौतिक पूर्वाधारको क्षेत्रमा भक्तपुरले ठूलो फड्को मारेको विस्तृतमा विवरण प्रस्तुत गर्नुभयो । आगामी दिनमा नगरपालिकाले सन्तुलित विकासको लागि सेवा, उत्पादन, वातावरणलगायतका कुराहरुलाई संगसँगै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रमा २८ करोडभन्दा बढी रकम आएको जानकारी गराउँदै उहाँले स्मार्ट सिटीको लागि एक अर्व बजेट सुनिश्चित भएको बताउनुभयो । कोटेश्वर जडिबुटी सुरुङमार्ग, सूर्यविनायकदेखी धुलीखेल अन्तरगत अरनीको राजमार्ग विस्तार, हनुमन्ते करिडोर लगायतका महत्वपूर्ण आयोजनाहरु भक्तपुरको विकास र समृद्धिको मेरुदण्ड रहेको उल्लेख गर्दै उक्त आयोजनाहरुलाई सफलतापूर्वक सम्पन्न गराउनु सवैले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

हनुमन्ते करिडोर रोक्न विभिन्न तत्वहरु लागेको जसको लागि नगरपालिकाले आवश्यकमात्रामा पहल गर्न नसकेको गुनासो व्यक्त गर्दै नेता बस्नेतले उक्त बजेट फिर्ता गएको खण्डमा करिडोर बनाउन कहिले पनि बजेट पुनः नआउने बताउनुभयो । बालकुमारीदेखी रानीकोटको सडक निर्माण तिव्र गतिमा अगाडी बढिरहेको उल्लेख गर्दै उहाँले प्राणी उद्यानको निर्माण ढिलो भइरहेको जसको लागि व्यवस्थित गर्नको लागि नगरपालिकाले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । गुण्डुमा औद्योगीक क्षेत्र निर्माणको कार्य अगाडी बढेको जानकारी गराउँदै उहाँले औद्योगीक क्षेत्रको निर्माणसँगै रोजगारीको ढोकाहरु खुल्ला हुँदै जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021