परिसूचक नेप्से ५३.८८ अंकले घट्यो

 काठमाडौँ, ९ असार । आज बजार परिसूचक नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ अंकमा बन्द भएको छ ।  बजार परिसूचक मात्रै नभएर कारोबार रकम पनि लगातार घट्दै गएको छ ।

आज नेप्सेमा कारोबार रकम गत वैशाख ३० गतेयताकै न्यून भएको छ । जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँसम्मको कारोबार भएको बजारमा मंगलबार कारोबार रमकम १० अर्बमा झरेको थियो भने आज ८ अर्बमा झरेको छ । आज नेप्सेमा १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७२ हजारको कारोबार भयो ।

आज बजार परिसूचकसँगै सबै उपसूचक घटेका छन् । विकास बैंक उपसूचक सर्वाधिक ३.६९ प्रतिशतले ओरालो लाग्दा वित्त कम्पनी उपसूचक ३.०५ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर उपसूचक २.३३ प्रतिशत र जीवन बिमा उपसूचक २.३२ प्रतिशतले घट्दा लघुवित्त उपसूचक पनि २.०४ प्रतिशतले घटेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि  १.६९ प्रतिशतको गिरवाट भयो ।

आज नेप्सेमा १८३ कम्पनीको सेयर किनबेच हुँदा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको मात्रै मूल्य बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा राधी जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा ङ्यादी पावरको सेयर मूल्य 😊०९ प्रतिशतले बढेको छ । कालिका पावरको सेयर मूल्य ५.६ प्रतिशत, नेपाल फाइनान्सको ५.४८ प्रतिशत, मञ्जुश्री फाइनान्सको ५.१४ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको ५.०८ प्रतिशत तथा अरुण कावेली पावरको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021