एसओएस वालग्राम अन्तर्राष्ट्रियका संस्थापक हर्मन माइनरको १०२ औं जन्मजयन्ती मनाइयो

भक्तपुर, ९ असार । एसओएस वालग्राम अन्तर्राष्ट्रियका संस्थापक प्रा.डा.हर्मन माइनरको १०२ औं जन्मजयन्ती तथा ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । अष्ट्रियाको अल्बरस्वेण्डेमा सन १९१९ को जुन २३ अर्थात आजकै दिन जन्मेका प्रा.डा.हर्मन माइनरले दोस्रो विश्वयुद्धमा बाबुआमा र घरवार गुमाएका वालवालिकालाई पारिवारिक मायाका साथ संरक्षण गर्ने उद्धेश्यले एसओएस वालग्रामको स्थापना गरेका थिए । वालवालिका र आमासहितको अलग अलग घर र त्यस्ता घरहरु रहेको सानो गाउँलाई ‘एसओएस वालग्राम’ भनिन्छ ।

सन् १९८६ को २६ अप्रिलमा अष्ट्रियाको इन्स्ब्रुकमा उनको निधन भएको थियो । उनको निधनको पछिल्लो वर्षदेखि विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइने गरिएको छ । हालसम्म विश्वका १ सय ३६ वटा मुलुकमा रहेका एसओएस वालग्राममा बाबुआमा र घरवार वीहिन यस्ता वालवालिकाको संरक्षण, स्याहार र उचित शिक्षादिक्षाका साथ रेखेदख गर्ने गरिन्छ । नेपालमा पनि यस्ता १० वटा एसओएस वालग्राम सञ्चालनमा रहेको छ । जसमा हाल १ हजार २६० वालवालिका छन् ।

एसओएस वालग्राम नेपालले विश्व्यापी कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण यो वर्ष भर्चुअल माध्यमबाट प्रा.डा.माइनरको १०२ औं जन्मजयन्ती तथा ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस मनाएको छ । तर नेपालभरी रहेका १० वटा वालग्राममा भने त्यहाँ रहेका वालवालिका र उनीहरुलाई स्याहार्ने काकी र आमा मिलेर विभिन्न कार्यक्रमको आयोजना गरि सो दिवस मनाएको एसओएस वालग्राम नेपालका निर्देशक सिताराम सुवेदीले बताउनुभयो ।

भर्चुअल ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवसलाई सम्वोधन गर्दै एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले एसओएस वालग्रामका संस्थापक प्रा.डा.हर्मन माइनरले बाबुआमा र घरवार वीहिन वालवालिकाको संरक्षणको लागि अघि सारेको वालग्रामको अवधारणाबारे चर्चा गर्दै त्यस्ता वालवालिकाप्रति समर्पित भएर काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

त्यस अवसरमा एसओएस वालग्राम नेपालका सहायक राष्ट्रिय निर्देशक डा.गंगा बहादुर गुरुंगले स्वर्गीय माईनरको योगदानको चर्चा गर्दै  वालवालिकाको सर्वांिगण विकासको लागि सबैले चासो राख्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसरमा नेपालभरी रहेका १० वटा वालग्रामका वालवालिका, युवाग्राममा रहेका किशोरकिशोरी तथा युवायुवतीविच वक्तृत्वकला, चित्रकला लगायतका प्रतियोगिता आयोजना गर्नुका साथै सानोठिमीको वालग्रामका आमा र काकीहरुद्वारा नृत्य प्रर्दशन गरियो भने ती सबै वालग्राम हातामा स्थापित प्रा.डा.हर्मन माइनरको तस्वीरमा माल्यापर्ण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भैरहवा, ५ कार्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु

काठमाडौँ, ५ कार्तिक । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै

काठमाडौँ, ५ कार्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021