मनकामना स्मार्ट लघुवित्तले आईपीओ जारी गर्दै

काठमाडौँ, ९ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार १७ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने भएको छ ।

कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता सेयर सर्वसाधारण्को लागि बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा सेयर जारी हुनेछ । १२ करोड ११ लाख ५० हजार रुपैयाँ जारी पुँजी रहेको कम्पनीले जारी पुँजीको ३२।११ प्रतिशत साधारण सेयर ९आईपीओ० बिक्री गर्न लागेको हो ।

कम्पनीको आईपीओमा असार १७ देखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा असार ३१ गतेसम्म आवेदन दिने समय थप हुन सक्नेछ । धकुल निष्कासन हुने सेयरमध्ये ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि, १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएको छ । बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोसेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका

काठमाडौँ, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद

काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई

काठमाडौँ, ६ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालले महिला र युवतीहरूको अधिकार र मुद्दालाई सधैँ