ललितपुर महानगरद्वारा डा.सुदिप श्रेष्ठको सम्मान

ललितपुर, ९ असार । केही दिनअघि जापानको कोबायाशी फाउण्डेशनबाट ५ लाख जापानी येन राशी सहितको ‘छैठौं कोबायाशी फाउण्डेशन पुरस्कार-२०२०’ बाट पुरस्कृत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठलाई ललितपुर महानगरपालिकाले मंगलबार सम्मान गरेको छ ।

महानगरपालिकाको तर्फबाट महानगर प्रमुख चिरीबाबु महर्जनले कार्यकारी अध्यक्ष डा.श्रेष्ठलाई सम्मान गर्दै डा.श्रेष्ठले क्यान्सरको निदान, उपचार र शोधमा अतुलनिय योगदान पुर्याउनुभएको उल्लेख गर्नुभयो ।

डा.श्रेष्ठले हालसालै पाउनुभएको प्रतिष्ठित कोबायाशी पुरस्कार यसै समर्पणको मुर्त रुप भएको महानगर प्रमुख मर्हजनले बताउनुभयो । ललितपुर जिल्लामा जन्मिई क्यान्सर उपचार र नियन्त्रणको क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाई ललितपुरलाई स्वस्थ सहर निर्माणका लागि डा.श्रेष्ठले कर्मठ रुपले आफ्नो कर्तव्य पालन गरिरहनुभएको हुँदा ललितपुर महानगरका तर्फबाट उहाँलाई सम्मान गर्दा निकै गौरवान्वित भएको विचार पनि महानगरप्रमुख महर्जनले व्यक्त गर्नुभयो ।

त्यस अवसरमा महानगरकी उप–प्रमुख गीता सत्याल पनि उपस्थिति हुनुहुन्थ्यो । त्यस अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा ललितपुर महानगरपालिकाका २९ वटै वडाहरुका स्वास्थ्य केन्द्रहरुलाई क्यान्सरको प्रारम्भिक निदानका लागि सुदृढिकरण गर्ने र स्थानीय निकायहरुको सहकार्यमा समुदायमा आधारित क्यान्सरका रोकथामका कार्यक्रमहरु सञ्चालन गर्ने विषयमा पनि बैठकमा महानगरपालिकाका अधिकारीहरुसंग छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई

काठमाडौँ, ६ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपालले महिला र युवतीहरूको अधिकार र मुद्दालाई सधैँ

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी विवादमा गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन–चिट’ दिएका छन् । सहकारी पीडितले पोखरा प्रहरीमा उजुरी

काठमाडौँ, ६ चैत । सत्ता गठबन्धनले मंगलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछन् । नयाँ सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम