भारतमा भ्याक्सिनेसनको दर बढ्यो

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ ।

सरकारी कोविन ड्यासबोर्डका अनुसार जून महिनाको पहिलो १८ दिनमै भारतले ५.३ करोड भन्दा बढीलाई खोप लगाइ सकेको छ । जो अघिल्लो ‘मे’ महिना भरीको ५.५३ करोड खुराकको नजिक छ । जुन महिनामा दैनिक औसत खोप सङ्ख्या २९.६ लाख पुगेको छ भने मे महिनामा १७.८ लाख रहेको थियो । यो तथ्यांक अप्रिल महिनाको दैनिक औसत २५.८ लाख भन्दा पनि बढी हो ।

मे महिनामा राज्यहरूले दुई घरेलु भ्याक्सिन उत्पादकहरूबाट पर्याप्त भ्याक्सिन प्राप्त गर्न संघर्ष गर्दा भारतमा खोप लगाउने प्रक्रिया अलि सुस्त भएको थियो । तथापि, त्यहाँको संघीय सरकारले मे महिना भन्दा जुन महिनामा १२ करोड डोज अर्थात ५०.६% बढी आपूर्तिको सहजतामा सुधार हुने भनेको थियो । जो दुई घरेलु भ्याक्सिन उत्पादक, सीरम इन्स्टिच्युट अफ इन्डिया र भरत बायोटेकको विस्तारित क्षमतामा निर्भर थियो ।
रुसको स्पुतनिक भी को उपलब्धताले पनि सानो योगदान दिएको पुग्यो । फलस्वरूप, भारतका सबैभन्दा बढी जनसंख्या भएका राज्यहरूले आफ्नो खोप लाई अझ बढी प्रयोग गर्न थालेका छन् । उत्तर प्रदेशले आफ्नो दैनिक खोप संख्या १.७४ लाखबाट ३.६५ लाखमा पुर्याएको छ जो दुई गुणा भन्दा पनि बढी हो । यस्तै गुजरात, मध्य प्रदेश, महाराष्ट्र, पश्चिम बंगाल र तमिलनाडु जस्ता राज्यहरूमा पनि उल्लेख्य सुधार देखिएको छ ।

भ्याक्सिन प्राप्त गर्ने जिम्मेवारी हालै पुनः केन्द्रित भएपछि जून २१ देखि आपूर्ति अझ सहज हुन सक्छ । यसै महिना प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले आफ्नो पहिलेको नीतिलाई उल्ट्याएको छ जहा राज्यहरूलाई १८-४४ उमेर समूहका लागि स्वतन्त्र रूपमा खोप खुराक किन्न आग्रह गरेको थियो भने केन्द्र सरकारले ४५ वर्ष भन्दा माथिकाहरूका लागि खुराक आपूर्ति गर्ने भनेको थियो । अब, केन्द्र सरकारले खोप आपूर्तिको ७५% खरीद गर्नेछ र १८ वर्ष भन्दा माथिकाहरूलाई निःशुल्क उपलब्ध गराउनेछ । आपूर्तिको बाँकी २५% निजि अस्पतालले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२