गृह जिल्लामा स्वागत तथा सम्मान चलिरहँदा मन्त्री पद चैट

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ ।

खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो । स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद चट भए पनि कार्यक्रम भने रोकिएको थिएन । जसपाको नगर समितिद्वारा गौरमा राखिएको कार्यक्रममा सञ्चालन भइरहेकै समयमा मन्त्री पद चट भएपछि केहीले कार्यक्रम कक्षमै टिप्पणी गरेका थिए । मन्त्रीको स्वागतमा उत्साहित भएर गएको ठूलो समूह भने निराश भएर फर्किएको थियो ।

मन्त्री झा गृह जिल्लामा आउने भएपछि स्वागतको ठूलो तयारी गरिएको थियो । जसपाका कार्यकर्ताहरु ठूलो संख्या चन्द्रपुरसम्म पुगेका थिए । सयौँ गाडीले मन्त्रीलाई स्वागत गर्दै गौरसम्म पु¥याउने क्रममा गरुडामा केही युवाहरुले कालो झन्डा देखाएका थिए । कालो झन्डा देखाउने तीन जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको थियो । एकातिर स्वागत तथा बधाईको उल्लास चलिरहेको समयमा अर्कोतिर मन्त्री पद गुमेपछि मन्त्री झालाई अप्ठ्यारो अनुभव भएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021