स्वीडेनका प्रधानमन्त्री लोफभेन पदमुक्त

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन ।

स्वीडेनको संसदमा तीन सय ४९ जना सांसद रहेकोमा विश्वास प्राप्त गर्न १ सय ७५ सदस्यको मत आवश्यक थियो । तर एक सय ८१ जनाले प्रस्तावको विपक्ष अर्थात अविश्वास प्रस्तावको समर्थनमा मत दिएका रोयटर्सले जनाएको छ ।

योसँगै स्वीडेनमा संसद विघटन हुने खतरा टरेको छ । संसद विघटन भएको भए एक वर्ष अगाडि नै आम चुनावमा जानुपर्ने अवस्था आउने थियो । विपक्षले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने लोफभेन स्वीडेनको पहिलो प्रधानमन्त्री भएका छन ।

वामपन्थी कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो । अब उनले अर्को सरकार गठन नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका

काठमाडौँ, ६ चैत । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका

काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान