काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले पार्टीका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज नेपाली राजनीतिको हिरो भएको बताउनुभएको छ ।
एमालेमा मात्र नभई नेपाली राजनीतिमा विचार, क्षमता, दृढता तथा मिसन र भिजनका धनी व्यक्ति इन्चार्ज बस्नेत रहेको दावी गर्दै उपाध्यक्ष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर बस्नुभएका विष्णु रिमाल, डा. राजन भट्टराई तथा सूर्य थापाले धेरै चुरीफुरी नगर्न समेत चेतावनी दिनुभयो ।
जनता, मुलुक तथा पार्टीको खम्बाको रुपमा स्थापीत भइसक्नुभएका संघका इन्चार्जमाथि पटक पटक प्रधानमन्त्रीको सचिवालयमा बसेर जाल, फेल, तिकडम तथा गुटको राजनीति नगर्न चेतावनी दिँदै उपाध्यक्ष झाले अरुले लगाएको बालीलाई काटेर धेरै फुर्ति नगर्न प्रमका सचिवालयका तीन नेतृत्वलाई सचेत गराउनुभयो ।
नेता बस्नेतले वर्तमान एमालेको सरकार टिकाउन तथा संसदमा बहुमत पुर्याउन महत्वपूर्ण भूमिकालाई स्मरण गराउँदै उपाध्यक्ष झाले हिजो, आज र भोलीलाई बुझ्नको लागि प्रधामन्त्रीका सचिवालयका तीन जनालाई सचेत गराउनुभयो । महेश बस्नेतले जनता समाजवादी पार्टीका १३ सांसदबाट २० जनालाइर्ए आफ्नो पक्षमा ल्याउन खेल्नुभएको भूमिका र एमालेको सरकारलाई बहुमत पुर्याउन खेल्नुभएको भूमिका इतिहासले समेत भूल्न नसक्ने उहाँले बताउनुभयो । नेता बस्नेतले पुर्याउनु भएको बहुमतको सरकारको नेतृत्वको सचिवालयमा बसेर बस्नेतमाथि नै जादसाँजी तथा टिकडम धेरै दिन टिक्न नसक्ने समेत उहाँले स्पष्ट पार्नुभयो ।
एभरेष्ट मिसनसँग कुरा गर्दै उपाध्यक्ष झाले भन्नुभयो, ‘जसले जति चुरी फुरी लगाए पनि बास्तबिकता यही हो कि महेश बस्नेत र उनको टीमले नै विपक्षी गठबन्धनलाई बहुमत पुग्न दिएनन र महन्थ ठाकुरको टीमलाई १३ बाट २० सान्सदसम्म पुर्याई सरकारलाई सहज गरि दिएको हो । अरुले लगाएको बालीलाई काटेर धेरै फुर्ति फार्ती कसैले नलगाउँदा हुन्छ । फेरि रोपाईको बेला आउँछ त्यति बेला थाह होला नि ।। Just wait and watch. आत्मकथाले मात्र होईन समयले पनि धेरै रहस्य खोल्छ ।’
नेता बस्नेतलाई प्रधानमन्त्री ओलीका सचिवालयका तीन व्यक्तिले मन्त्री बन्न नदिन तथा राजनीतिक रुपमा विभिन्न नकारात्मक भूमिका निर्वाह गर्दै आउनुभएको छ ।