ओमानमा आजदेखि रात्रिकालीन कर्फ्यु

काठमाडौँ, ६ असार । ओमान सरकारले आजदेखि रात्रिकालीन कफर्यु लगाउने भएको छ । 

कोरोना संक्रमणलाई नियन्त्रण गर्न आज रातिदेखि अर्को सूचना जारी नभएसम्मको लागि रात्रिकालीन कफर्यु लगाउने भएको हो । 

राति ८ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सार्वजनिक र व्यावसायिक क्रियाकलापमा रोक लगाउने त्यहाँको सरकारी निर्णयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यो समयमा बाहिर हिँडडुल गर्न र सवारी साधन प्रयोग गर्न पाइने छैन । तर अत्यावश्यक व्यवसाय सञ्चालनमा भने रोक लगाएको छैन । यस्तै होम डेलिभरी सेवा पनि चालु रहने जनाइएको छ ।

ओमानमा अस्पतालका क्षमताको ९५ प्रतिशत बिरामी भरिएको गल्फ न्युजले जनाएको छ । आईसीयूमा मात्रै ३३८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । दुई लाख ४२ हजार ७२३ जनामा संक्रमण पुष्टि भएकोमा दुई लाख १४ हजार निको भएका र दुई हजार ६ सय २६ जनाले ज्यान गुमाइसकेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् ।  सोमबार साँझ चितुवाले कुकुर

काठमाडौँ, ६ चैत । अनलाइन क्यासिनो खेलाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका

काठमाडौँ, ६ चैत । सर्लाहीमा गोली चलेको छ । सर्लाही प्रहरीका अनुसार गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको हो

काठमाडौँ, ६ चैत । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । गएराति बानेश्वरस्थित निवासमा उनको निधन