सेयर बजारमा उच्च अंककाे गिरावट

काठमाडौँ, ६ असार ।आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आज २ हजार ९ सय ५ मा राेकिएकाे छ । नेप्सेमा कारोबार हुने अधिकांक कम्पनीहरुको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।

नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९  सय ०५ दशमलव  ३२ अंकमा झरेकाे छ । नेप्से परिसूचक ठूलाे अंकले घट्दा काराेबार रकम भने यस अघिकाे काराेबार भन्दा थाेरै सुधारिएकाे छ । गत बिहीबार ११ अर्ब भन्दाकमकाे काराेबार भएकाेमा आइतबार भने करिब १२ अर्बकाे काराेबार भएकाे छ ।

दिनभर भएका १ लाख २८ हजार २ सय ८१ काराेबारबाट २३० कम्पनीकाे २ कराेड ७३ लाख ४४ हजार ५ सय कित्ता सेयर सेयर किनबेच भएका छन् ।

जसबाट काराेबार रकम ११ अर्ब ८१ कराेड ९४ लाख २८ हजार २ सय ८९ रूपैयाँ पुगेकाे छ । आइतबार अत्यन्तै कममात्रै कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज बढ्नेमा ऋणपत्रहरु देखिएका छन् भने धेरै गुमाउनेहरुमा फाइनान्स र विकास बैंक समूह देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021