महन्थ ठाकुरले यादव पक्षका २० नेतालाई हटाऐ

काठमाडौँ, ६ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका छन् । 

गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई कार्यकारिणी समिति हेरफेरका लागि दिएको म्यान्डेटको आधारमा त्यस्तो गरेको अध्यक्ष ठाकुरको दावी रहेको छ । अध्यक्ष ठाकुरले यादवको पक्षबाट महेन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर साह, रामनरेश राय यादव, रमेशप्रसाद यादव, गज्जाधर रोहित यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, गंगानारायण श्रेष्ठ, रनध्वज लिम्बु, डम्बर खतिवडा, प्रकाश अधिकारी, इस्तियाक राई, प्रशान्त सिंह, भक्तबहादुर शाह र विजय यादवलाई हटाएका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिमध्ये २० जना सदस्यलाई हटाएर आफ्नो तर्फबाट २० जनालाई सदस्यको रुपमा राखेका हुन् । हटाइएकामध्ये पूर्व राजपाका ६ जना रहेका छन् भने १४ जना पूर्व समाजवादीका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021