राष्ट्रिय युवा संघको आह्वानः सम्मानित संस्थाविरुद्धका मानवता विरोधी अभिव्यक्तिको भण्डाफोर गरौं

काठमाडौँ, ६ असार । आफ्नो स्वार्थ, गिर्दै गएको आफ्नो व्यवसायीक पहिचानको साथमा समाप्तीको दिशा तर्फ अग्रसह हुँदै गएको राजनीतिक यात्रा बनेका केही व्यक्तिहरुले राष्ट्रपति जस्तो सम्मानित संस्थाकाविरुद्धमा मानवता विरोधी अभिव्यक्तिको भण्डाफोर गर्न सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आह्वान गरेको छ ।

वास्तविकता नभई विकाउ राजनीति तथा अभिव्यक्तिको लागि राष्ट्रपतिले खेल्नुभएको भूमिकाको विषयमा प्रश्न चिन्ह खडा गर्ने र अनावश्यक विवादमा तान्ने कुचेष्ठा गरेको भन्दै संघले कडा रुपमा आपत्ती जनाएको छ । विगतमा राष्ट्रपतिसँग जोडेर कहीले हेलिकप्टर खरिद, कार्पेट परिवर्तन, कुटनैतिक खोपको पहल लगायतका विषयमा राष्ट्रपतिलाई विवादमा तान्न खोजिएको थियो । राष्ट्रपतिले आम नागरिकको अभिभावकत्व गर्ने हो । जनतामा जे समस्या आउँछ सोही अनुसार समय सापेक्ष निर्णय गरी जनताको सेवामा समर्पित हुनुपर्छ । कोरोनाको कहरका बिच विश्वका शक्तिशाली मुलुकले समेत कोरोनाविरुद्धको खोप नपाइरहेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा चीन, अमेरिका, रुसलगायतका देशहरुबाट खोपको व्यवस्थापन भयो र केही हुने क्रममा रहेको छ ।

वास्तविकतालाई लुकाएर संविधानको व्याख्याता तथा राजनीतिक नेता हुँ भन्ने व्यक्तिहरुले राष्ट्रपति जस्तो सम्मानित संस्था माथि अनावश्यक तवरले जाई लाग्नु लोकतान्त्रीक व्यवस्थालाई नै कमजोर बनाउने प्रयास भएको राष्ट्रिय युवा संघका महासचिव रमेश आचार्यले बताउनुभयो । राष्ट्रपति जस्तो सम्मानित संस्थाका विरुद्धमा दिइएका अभिव्यक्तिहरु मानवता विरोधी रहेको उल्लेख गर्दै महासचिव आचार्यले भन्नुभयो, ‘संविधानविदका नाममा सम्माननीय राष्ट्रपति ज्युलाई जोडेर राष्ट्रपति जस्तो सम्मानित संस्थाविरुद्ध व्यक्त मानवता विरोधी अभिव्यक्तिको भण्डाफोर गरौं ।’

विवादमा तानिएको हेलिकप्टरले हालसम्म हजारौं समस्यामा परेका महिलाहरुको उद्धार गरिएको छ । त्यती मात्र नभई उक्त हेलिकप्टरले जहाँ विपद् हुन्छ, त्यहाँ उपस्थित जनाई राहत तथा उद्धारका कार्यहरुमा क्रियाशिल हुन्छ । यसैको परिणाम स्वरुप सिन्धुपाल्चोमा गएको बाढी पहिरोबाट समस्या ग्रस्त नागरिकलाई उद्धार तथा राहतमा सरकारले सोही हेलिकप्टर प्रयोग गरेको छ । जसले गर्दा जनताको साथमा सरकार रहेको अनुभुत गर्न पाएका छन् । त्यस्तै पुनः राष्ट्रपति भण्डारीले मुलुकका विभिन्न स्थानहरुमा प्राकृतिक विपत्ती भई ठूलो मानविय तथा भौतिक क्षती भइरहेको सम्बन्धमा चारवटै सुरक्षा निकाय तथा गृहमन्त्रालयको तयारी तथा योजनाका बारेमा जानकारी लिनुभयो । राष्ट्रपतिको उक्त चोसोको विषयमा संविधान विद् भिमार्जुन आचार्य, गगन थापा, डा. भीम रावल, रामकुमारी झाक्रीलगायतले पटक-पटक राष्ट्रपतिको उक्त कदम संविधान विपरित भएको भन्दै विभिन्न सञ्चारमाध्यममा अभिव्यक्ति दिनु अभिव्यक्ति स्वतन्त्रताको समेत धज्जी उडाएको संघको ठहर रहेको छ ।

सोही प्रशंगमा महासचिव आचार्यले भन्नुभभयो, ‘मनसुन प्रारम्भसँगै शुरु भएको वर्षातका कारण गएको पहिरो र आएको बाढीका कारण मुलुकका विभिन्न भु-भागमा ठूलो जनधनको क्षति भयो । समयले सबै (सरकार, राजनीतिक पार्टीहरु, सामाजिक संघ-संस्थाहरु, सरोकारवाला अन्य निकायहरु) लाई एकजुट भई प्राकृतिक बिपत्तिको सामना गर्न माग गर्यो । समयको यो माग कुनै व्यक्ति वा संस्थालाई बलियो बनाउने र कुनै व्यक्ति वा संस्थालाई कमजोर बनाउने विषय थिएन तर केही सो(कल्ड संविधानविदहरुले मानवको रक्षा गर्ने विषयलाई राष्ट्रपतिसँग जोडेर मानवता विरोध अभिव्यक्ति प्रदर्शन गर्दैहुनुहुन्छ ।

नेपालको संविधानले नेपाल राष्ट्र र नेपाली जनताको मुल अभिभावक गणतन्त्र नेपालको सम्मानित संस्था राष्ट्रपतिलाई तोकेको छ । संविधानमा उल्लेखित अभिभारा बहन गर्ने सन्दर्भमा प्राकृतिक बिपत्तिबाट आफ्ना नागरिकलाई जोगाउन सरकारले गरेको तयारी बारे सम्माननीय राष्ट्रपतिले सम्बन्धित निकाय (माननीय गृहमन्त्री, गृह सचिव र सुरक्षा निकायका प्रमुखहरु)का व्यक्तिहरुलाई केही दिन अगाडि बोलाएर जानकारी लिनुभएको छ । उहाँले उक्त काम नगर्दा यी सो-कल्ड संविधानविदहरु भन्ने गर्थे :- राष्ट्रपतिले राष्ट्र र जनताको अभिभावकत्व निर्वाह गर्न चुक्नु भयो फेरि उक्त काम गर्दा तिनै संविधानविद भन्छन् :- कार्यकारी भुमिका निर्वाह गरेर संविधानको उल्लंघन गर्नुभयो ।

म प्रश्न गर्न चाहन्छु, के सम्माननीय राष्ट्रपति ज्युले गृहप्रशासनसँग सम्बन्धित निकायका व्यक्तिहरुलाई बोलाएर कसको सरुवा कहाँ गर्ने र क-कसलाई बढुवा कसरी गर्ने विषयमा छलफल गर्नुभएको हो ? के उहाँले प्राकृतिक बिपत्तिबाट आफ्ना नागरिकलाई जोगाउन सरकारले तयारी के-कस्तो छ भन्ने जानकारी लिनु कार्यकारी कदम हो ? यदि तपाईंहरु सम्माननीय राष्ट्रपतिले गर्नुभएको उक्त छलफललाई कार्यकारी अभ्यास भन्नुहुन्छ भने हामी निष्कर्ष निकाल्छौ तपाईंहरु सो-कल्ड मानवता विरोधी संविधानविद हुनुहुन्छ ।

कृपया आफुलाई उक्त दर्जामा झारी मुलुकमा फेरि अस्थिरता निम्त्याउन खोज्ने व्यक्तिहरुको साधन बनेर गणतन्त्र नेपालको संस्थाको मर्यादालाई गिराएर परिवर्तनका उपलब्धिहरुलाई उल्टाउन उद्दत नहुनुस् । यदि तपाईंहरु हाम्रो यो आवाजलाई बेवास्ता गर्नुहुन्छ भने राष्ट्रिय युवा संघ नेपालका सम्पूर्ण नेता-कार्यकर्ताहरु तपाईंहरुको भण्डाफोर गर्न बाध्य हुनेछ । सबै सो-कल्ड संविधान विदहरुलाई चेतना भया !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

पाँचथर, ९ कार्तिक । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेपछि पाँचथरमा बाढीपहिरामा परी कारण ज्यान

दमौली, ९ कार्तिक । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ

काठमाडौँ, ९ कार्तिक । काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ । काठमाडौँका आठ वटै

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021