एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४७ जानको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको हो । ब्राजिलमा बढीमा १५ प्रतिशत वयस्कहरुले मात्र खोप लगाएका छन् ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले प्रतिबन्धहरुमा कडाइ गर्न अस्वीकार गर्दै आएका छन । विपक्षीहरुले राष्ट्रपतिले महामारी नियन्त्रणका लागि पहल नगरेको, खोप खरिदमा बेवास्ता गरेको जस्ता कारणले महामारी झनै गम्भीर बन्दै गरेको आरोप लगाएका छन् । ब्राजिलमा अहिलेसम्म एक करोड ७८ लाख ८३ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।