पूर्वसञ्चार राज्यमन्त्री बिष्टको निधन

काठमाडौँ, ६ असार । काठमाडौँ नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

उहाँको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । कोरोना पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड