संविधान जोगाउने दायित्व काँग्रेसको : मुख्यमन्त्री पोखरेल

पोखरा, ६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानमाथि अहिले खतरा उत्पन्न भएको भन्दै यसको रक्षाको दायित्व नेपाली काँग्रेसमा आएको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज कास्कीले शनिबार भर्चुअल रुपमा गरेको ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तक्र्रिया र पुस्तक विमोचन कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । नेपाली काँग्रेसको नेतृत्व सस्कारमा रहेका बेला जारी भएको नेपालको संविधानको रक्षाका लागि काँग्रेस सदैव चिन्तित रहेको भन्दै उहाँले अहिले संवैधानिक सङ्कट आएका बेला पनि पार्टीको भूमिका सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।

संविधानको सर्वोच्चता भनेकै लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित पद्धति हो भन्दै उहाँले त्यसलाई जोगाउनु सबैको दायित्व भएको बताउनुभयो । २०७४ को निर्वाचनमा कम्युनिष्ट घटकले दुई तिहाइ नजिकको मत पाएर सरकार गठन गरेपछि काँग्रेस स्वभाविक रुपमा प्रतिपक्षको भूमिकामा रहेकोले रचनात्मक भूमिका निभाइरहेको उहाँले स्पष्ट पार्नुभयो । अस्थिर राजनीतिका कारण देशको विकास हुन नसकेका बेला अब पाँच वर्षसम्म सरकार टिकोस् भन्ने थियो तर त्यसो हुनसक्ने सम्भावना देखिएन,’ उहाँले भन्नुभयो ।

लोकतन्त्र स्थापना, पुनःस्र्थापना हुँदै गणतन्त्र स्थापनामा प्रजातान्त्रिक विचार समाज लगायत संघ–संस्थाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै उहाँले प्रशंसासमेत गर्नुभयो । प्रजातान्त्रिक विचार समाज कास्कीले प्रकाशन गरेको ‘विचार प्रवाह’को सातौँ अङ्क उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले विमोचन गर्नुभयो । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष डा. केदार नरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा. वासुदेव भण्डारी, जिल्ला अध्यक्ष प्राडा. गिरिधारि शर्मा लगायतले विचार व्यक्त गर्नुभएको थियो । अधिवक्ता कपिलमणि दाहालले अवधारणा–पत्र प्रस्तुत गरेको कार्यक्रममा संविधानविद् डा. विपिन अधिकारीले टिप्पणी गर्नुभएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021